मिति : २०८१ मंसिर १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कतै पूजाको भ्रम त हैन ?

अनुप भट्टराई, काठमाण्डौ, 2010/12/22

चार बर्ष पछि एक महिनाका लागि नेपाल आएकी अभिनेत्री पूजा चन्दले आफुले लेखेका दश गीतहरू संगालो एल्बम 'कसरी सम्झाउँ' को अडियो विमोचन गर्नुको साथै एक म्यूजिक भिडियो समेत तयार पारिन् । मंगलबार केही चलचित्रकर्मीको उपस्थितिमा उनले आफ्नो त्यो दश बर्ष अघिको कथालाई गीत मार्फत दर्शक र श्रोतामाझ  ल्याएकी हुन् । दश बर्षअघि पति सुरज चन्दसँग सम्बन्ध विच्छेद भएपछि उनले तयार पारेको एल्बमको शिर्ष गीतको म्यूजिक भिडियोमा एउटा यस्तो कथा समेटिएको छ जुन कथामा पूजा भ्रममा परेको अन्तिममा थाहा हुन्छ ।


भनिन्छ साहित्यका रचनाहरू स्वयम रचनाकारको आफ्नै अनुभव र भोगाई हो । यसै गरी पूजाले आफूले भोगेका ती अनुभवलाई शिर्ष गीत 'कसरी सम्झाऊ म...', 'यो नबुझ्ने मन...' मार्फत   प्रस्तुत गरेको देख्दा लाग्छ  सुरजसँग सम्बन्धमा बिग्रनुको कारण स्वयम उनी नै  हुन् । प्रशन्न पौडेलले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा नायक दिवस उप्रेती र आफ्नै भदै रोमिनाको साथमा पूजाले अभिनय गरेकी छिन् ।

पूजाको जीवनसँग झण्डै मिल्ने उक्त भिडियोमा विजनेशको सिलसिलामा पति दिवसले उनलाई समय दिन भ्याएका हुदैनन् र केही वेवास्था पनि गरेका हुँदैनन् । असिस्टेन एक युवतीसंग हरपल रहिरहने दिवसको त्यो क्रियाकलाप देखि पूजा दिक्क हुन्छिन् । घरमा पुजा नभएको समय  एक दिन  सोही असिस्टेन र दिवस आएका हुन्छन् । घर आएपछी सो असिस्टेन्ट कफि बनाउन भान्छामा गएकी हुन्छिन् । अकस्मात पुजा घर आईपुग्छिन् तर असिस्टेन्ट ती युवतीलाई देखेपछी पूजा झन रिसाउछिन् । त्यसपछी दिवसको आग्रहमा  त्यो युवतीसंग उनको परिचय हुन्छ र ती युवतीले बनाईरहेको दुई कप कफि पूजा आफैले ल्याउने निर्णय गर्छिन् । तर भान्छा पुगेपछी उनको मुड एकाएक चेन्ज हुन्छ र ती दुवै कफिमा  उनले बिष मिसाई दिन्छिन् ।

आफ्नो   पति पर स्त्रीको  अगाडी झुम्मिएको देखेपछी मन थाम्न नसकेकी पूजाले नचाहादा नचाहदै पति र त्यो युवतीलाई बिष मिर्साईएको कफि पिउन दिन्छिन् र एकाएक उनीहरूको मृत्यु हुन्छ । तर पूजालाई थाहा हुदैन त्यो क्षण उनको जन्म दिन हो भनेर । आफ्ना पति र त्यो युवती मिलेर उनलाई र्सपर्राईज बर्थडे वीस गर्न लागेको कुरा  उनले संगैको टेवलमा राखिएको आफ्नै नाम लेखिएको केक देखेर मात्र थाहा पाउछिन् । तर त्यो समय दिवस र ती युवतीलाई बचाउन निकै ढिलो भैसकेको हुन्छ  । अनि जेल पर्छिन उनी  र कथा सकिन्छ त्यसै गरि ।


माथिका कथालाई केही आधार मानेर हेर्ने हो भने र केही तर्कहरू प्रस्तुत गर्ने हो भने कुनै युवतीको कारण पूजाको वास्तविक जिवनमा पनि दरार उत्पन्न भएको थियो । त्यही कारणले  समान्य मन मुटाव उत्पन्न भएपछी  सुरज चन्दसंग उनले छुट्टै बस्ने निर्णय गरेकी थिईन् । सुरजसंग छुट्टिएको केही अन्तरालपछी उनी   आफ्नी  छोरी च्यापेर अमेरिका पलायन भईन । एक मिहिनामा पूजाको क्रियाकलापहरू  हेर्दा सुरजलाई अझै पनि उनी चाहान्छिन् । 

 

यसको  उदाहरण यसरी दिउँ, मंगलबार अपरान्ह उनले आफ्नो एल्बम विमोचन गरेकी थिईन् । सो एल्बम विमोचनमा उनका शुभचिन्तक देखि लिएर केही चलचित्रकर्मी र सञ्चाकर्मीको साथमा  छुट्टिएका भनिएका उनको  पति सुरज चन्द पनि उपस्थित  थिए । मन नपर्ने मान्छेको त अनुहार पनि हेर्न  मन लाग्दैन, उसका बोली पनि सुन्न मन लाग्दैन अझ शुभकार्यमा त्यस्ता व्यक्तिको पाईला पनि पर्न दिईदैन   तर पूजाले आफ्नो त्यो खुशी साट्न सुरजलाई किन निम्ता दिएकी होलिन ? अझ फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार अमेरिकाबाट फर्किएको भोली पल्टै पुजाले सुरज चन्दसंग भेटघाट गरेकी थिईन् । यि कुराहरूलाई मूल्याकंन गर्ने हो भने  पूजा र सुरजको सम्बन्धमा प्रश्न गर्ने धेरै ठाँउहरू छन् ।


के अझै पनि पूजाले सुरजलाई चाहन्छिन् ?  वा छुट्टिदाको त्यो समयमा पूजाकै गल्ती थियो र पूजाले बारम्बार सुरजलाई भेटिरहेकी छिन् । अनि सुरज पनि के पूजालाई  अझै  चाहन्छन ?  पक्कै पनि यि दुईले  एक अर्कालाई  अझै पनि चाहान्छन् नभए पुजाले सुरजलाई किन बोलाउनु ? सुरज लुरूक्क पर्दै जहाँ बोलायो त्यही किन आउनु ?