मिति : २०८१ मंसिर १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भट्टराई र सुब्बाको आपत्ति

फिल्मीखबर, काठमाण्डौ, 2010/12/23

राजकुमार राईको नेतृत्वमा रहेको नेपाल चलचित्र निर्मातासंघको कार्यसमितीसँग असुन्तुष्ट भएको निर्माताहरूको एक जमातले माघ १ गते व्यवसायिक चलचित्र निर्माता संघ खोल्ने करिब पक्का भएको जनाएको छ ।



गएको मंगलबार राजधानीको एक स्थानमा बसेको असन्तुष्ट निर्माताहरूको गोप्य बैठकले नवल खड्का, केशव भट्टराई, उज्जवल घिमिरे तथा उदय सुब्बा मध्ये कुनै एकलाई अध्यक्ष समेत चयन गर्ने निर्णय सहित माघ १ गते व्यवसायिक चलचित्र निर्माता स्थापना भएको कुरा औपचारिक रूपमा र्सार्वजनिक गर्ने योजना तय गरेको बैठक सहभागी एक निर्माताले फिल्मीखबरलाई जानकारी दिए । तर उता केशव भट्टराईले भने आफूलाई त्यस बैठकका बारेमा कुनै जानकारी नभएको भन्दै विवादमा मुछ्न खोजिएको प्रतिक्रिया दिएका छन् । हाल चलचित्र निर्मातासंघको सल्लाहकार रहेका भट्टराईले निर्माताहरूलाई फुटाउन कुनै संघ खोलिए सो पदबाट समेत राजिनामा दिई कुनै पनि सस्थामा आबद्ध नहुने बताए। 'निर्माताहरुको फुट म चाहन्न र कुनै व्यक्तिलाई हिरो बनाउन म अर्को निर्माता संघ खोल्ने पक्षमा छैन' भट्टराईले भने ।



यस्तै हाल निर्माता संघका उपाध्यक्ष समेत रहेका उदय सुब्बा गोप्य बैठकमा सहभागी नभए पनि उनलाई अध्यक्षको प्रस्ताव गरिएको प्रति उनी पनि अचम्मित छन् । हाल एक चलचित्रको छायाकंनको लागि सोलुखुम्बुमा रहेका उदयले नयाँ निर्माता संघ खोल्ने जानकारी प्राप्त भएपनि काठमाण्डौ आएपछी मात्र यस सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्ने बताएकाछन् । गोप्य बैठकमा भट्टराई र सुब्बा सहभागी भएका थिएनन् तर असन्तुष्ट पक्ष निर्माताहरूले भट्टराई, सुब्बा, नबल खड्का र उज्जव घिमिरे मध्ये कुनै एकलाई अध्यक्षमा चयन गर्दै नयाँ संघ खोल्ने निर्णय गरेको जानकारी दिईएको छ ।


राजकुमार राईको नेतृत्वमा रहेको निर्माता संघले गैर निर्माताहरूलाई सदस्य बनाएको तथा गुटबन्दी गरेको आरोप सहित सो बैठकले कुनै पनि हालतमा नया संघ खोल्ने निर्णय गरेको नाम नबताउने र्सतमा एक निर्माताले फिल्मीखबरलाई जानकारी दिए । बैठकमा डीजीटल सिनेमा नेपालका महाप्रवन्धक अशोक शर्मा, छवि ओझा, उज्जवल घिमिरे, प्रभु शम्शेर जवरा, दिपक रमण, द्धन्द निर्देशक राजेन्द खड्गी लगायतका दर्जन व्यक्ति सहभागी भएको बुझिएको छ ।