मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संघको बैठकमा डीसीएन अनुपस्थित

फिल्मीखबर, काठमाण्डौ, 2010/12/23

नेपाल चलचित्र निर्माता संघले पाईरेसीको बारेमा छलफल गर्न  डीसीएनलाई पत्र काटे पनि डिसिएनले भने आफ्नो उपस्थिती जनाएन ।  डीसीएनले उपस्थिती नजनाए पछि बिहिबार बसेको संघको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

 


'केहि दिन अगाडी पूर्वमा भएको नेपाली चलचित्र 'बाटो मुनिको फूल' र 'कसम हजुरको' पाईरेसी घटनाको बारेमा छलफल गर्न  डीसीएनलाई पत्र काटेका  थियौं र फोन सम्पर्क पनि  तर संस्थाले कुनै पनि प्रतिनिधी नपठाएपछि हामीले कुनै निर्णय नगरी बैठक स्थगित गर्यौं', निर्माता संघका सचिव सुरेशदर्पण पोखरेलले बताए । बैठकमा डिसिएन उपस्थित नभए पनि पिडितलाई क्षतिपूर्ती दिन संघले सक्दो प्रयास गर्ने संघका अध्यक्ष राजकुमार राईको भनाई छ ।
 

 

यता पाईरेसीको घटना डीसीएनकै लापरवाहीबाट भएको बताउँदै आएका पिडित निर्माताहरूले बैठकमा डीसीएन उपस्थित नहुँदा उक्त संस्था प्रति अझ शंका बढेर गएको बताए । यसैगरी ति पिडित निर्माताहरूले डीसीएनले आफूहरूलाई अहिलेसम्म कुनै नैतिक सहयोग पनि नगरेको बताएका छन् । कार्यव्यस्तताको कारण देखाएर बैठकमा उपस्थित नभएको डीसीएनले भने आफ्नो सिस्टमबाट पाईरेसी नभएकोले क्षतिपूर्ति दिन अस्वीकार गर्दै आएको छ ।