नम्बर वान हिरोइनले भर्खरै उदाउदै गरेका नायकलाई विना कारण किस गरिदिईन् भने के होला ? पक्कै पनि ती हिरोको भुईंमा खुट्टा हुदैन होला वा त्यो घटना उनले आफ्ना शुभ चिन्तकलाई सुनाउन विर्सदैनन् होला । तर बिहिबार एउटा चलचित्रको सुटिङमा सँगै भेटिएका नायक जीवन लुइटेललाई नायिका रेखा थापाले गालामा किस गरिन् तर जीवनले त्यो किसलाई सामान्य लिए र त्यसको बदलामा कुनै प्रतिक्रिया दिएनन् ।
नम्बर वानको ताज पहिरिरहेकी रेखाले कसैको आग्रह विना किस गरेपछी न त जीवन फुरूङ्ग भए न दुःखी नै तर पनि पटक-पटक जीवनलाई जिवु दादा भन्दै रेखाले उनको कान र गालामा किस गरिदिएकी थिईन् । रेखा आफूसँग रत्तिएको देखेपछी जीवन पनि बाध्य भए र रेखाको चित्त बुझाउन दाहिने गालामा किस गरिछाडे । कस्तो थियो त्यो किसको अनुभव भन्दा रेखा र जीवनले सामान्य भएको प्रतिक्रिया दिए । 'आफूहरू एउटा हिरो हिरोइन भन्दा पनि सानैदेखिको साथी भएकाले किसलाई कुनै ठूलो रूपमा हेर्ने गरेको छैनौ', उनीहरूको एउटै बोली थियो । यि दुईको गृह जिल्ला मोरङ भएकाले सानै देखि उनीहरू एक अर्कामा परिचित छन् ।
हिरो फेर्ने नायिकाको संज्ञा पाएकी रेखा र जीवनको पछिल्लो समय हेलमेल निकै बढ्न थालेको छ । यति सम्मकी रेखा जीवनको तारिफ गरेर थाक्दिनन् । उनी भन्छिन 'जीवु लम्बे रेशको घोडा हो ।' यानिकी रेखाको नजरमा लोमो समय सम्म टिकिराख्ने नायक उनका लागि जीवन नै हो रे ! यि दुईले सुटिङ भै रहेको चलचित्र 'जब जब माया बस्छ' सम्म गरी चार वटा चलचित्रमा अभिनय गरेका छन् । जस मध्ये यि दुईले सँगै काम गरेको चलचित्र नसिव आफ्नो र कसम हजुरको प्रदर्शन भैसकेको छ । यस्तै रेखाले आफू प्रति देखाएको माया र तारिफलाई जीवन पनि मौन रूपमा स्वकार्छन् ।
'साथीभाईको नाताले हत्तपत्त कसैलाई किस गर्दिन तर जीवनलाई देख्नै वित्तिकै मलाई गालामा किस गर्न मन लाग्छ' रेखाले भनिन् । रेखाको भनाई अनुसार उनलाई अहिले सम्म टङ्ग किसको अनुभव छैन रे र लिप किस गर्न घिन लाग्छ रे । किन घिन लाग्छ नि लिप किस भन्दा रेखाले आफ्नो ओठको तारिफ गर्दै भनिन् 'मेरो जस्तो राम्रो ओठ अरूको छैनन नी त्यसैले ।' पहिलो किसको अनुभव को सँग थियो नि भन्दा रेखाले फेरी जवाफ फर्काईन 'छविसँग जव बिहे गर्दा म सत्र बर्षकी थिएँ ।' अहिले उनी सर्त्ताईस नाघिसकेकी छिन् ।
यस्तै उता जीवनले रेखाले आफ्नो गालामा दिएको किसलाई सामान्य रूपमा लिने गरेको बताएका छन् । रेखाले आफूलाई साथीको नाताले किस गरेको जीवनले बताए । नम्बर वान हिरोइनले यसरी मरिहत्ते गर्दै किस खान खोज्ने हिरो जीवन आफूले चाहिँ कहिलो पहिलो किसको अनुभव लिएका रहेछन त ? चार कक्षामा पढ्दाको स्कूले जिवन सम्झदै उनले जवाफ दिए, 'त्यो समय एउटी केटीलाई फष्ट किस गरेको थिएँ ।'
मिति : २०८१ मंसिर १८, मंगलवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
जीवनलाई रेखाको किस
अनुप भट्टराई, काठमाण्डौ, 2010/12/23
- उत्तम र सौगातपछि ‘कल्ली’मा जोडिए वर्षा र नाजिर
- नेपालका हलमा रातभरि चल्दै ‘पुष्पा २’, टिकट बिक्री आक्रामक
- प्रियंकाको ‘ममी’को रिलिज माघ २५ गतेलाई तय
- वर्षा रिसाउँदा ‘तेल भिसा’का निर्मातालाई लाखौं घाटा
- मल्टीस्टारर फिल्म बनाउन पल्किए दिनेश राउत
- ‘प्रेम गीत’पछि अब ‘प्रेम गीता’ : जान्ह्वी हिरोइन
- दिनेश राउतको ‘महाभोज’मा थपिए खगेन्द्रदेखि अञ्जनासम्म
- शिल्पाको हातमा भोजपुरी फिल्म, तर छैन नेपाली फिल्म
- किन अभिनयबाट विश्राम लिँदैछन् ‘टुवेल्थ फेल’का विक्रान्त ?
- दीलिपलाई छोरीसँग फिल्म खेल्ने इच्छा