पछिल्लो समयमा अधिकांश चलचित्र एक हप्तमै हलबाट उत्रेको अवस्थामा दुई चलचित्र 'भगवान सबैको' र 'कस्लाई दिउँ यो जोवन' आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ ।
गत पौष २ गतेबाट राजधानीका हलहरूमा प्रदर्शन भईरहेका यि दुई चलचित्रको होल्डओभर पुगेपछि दोस्रो सातामा चलेको हो । प्रदिप श्रेष्ठ निर्देशित चलचित्र 'भगवान सबैको' बिश्वज्योती, गंगा, गोपीकृष्ण, गुण, अष्टनारायण, कलंकी, ललितलगायतका एक दर्जन हलहरूमा प्रदर्शन भईरहेको छ भने सुरेशदर्पण पोखरेल निर्देशित चलचित्र 'कस्लाई दिउँ यो जोवन' गोपीकृष्ण, गुण, अष्टनारायण 'क', बाराही 'क', कान्तिपुर, सिद्वार्थ र बनेपाका दुई हलमा प्रदर्शन भईरहेको छ ।
वसन्तकुमार श्रेष्ठ तथा हरि बरालले निर्माण गरेको द्वन्दप्रधान चलचित्र 'भगवान सबैको' मा राजेश हमाल, रेखा थापा, अर्जुन कार्की, विक्रान्त बस्नेत, नन्दिता केसी आदिले प्रमुख भूमिका निर्वाह गरेका छन् भने भानु महर्जनको प्रस्तुती रहेको हाँस्यप्रधान चलचित्र 'कस्लाई दिउँ यो जोवन' मा दिलीप रायमाझी, निखिल उप्रेती, झरना थापा, मेलिना मानन्धर र सुरज आरडीको मुख्य भुमिका रहेको छ ।