
गएको असोज तेह्र गते देखि जोमसोमबाट छायाकंन सुरू गरिएको सुदर्शन थापा निर्देशित तेस्रो चलचित्र 'के यो माया हो' छायाकंनको अन्तिम चरणमा पुगेको छ ।
हाल पोखराको विभिन्न रमणीय स्थानमा छायाकंन भै रहेको उक्त चलचित्रको अन्तिम सिन आज शनिबार सकिने र दुई दिन भित्रै दुई गीतको छायाकंन सकि यूनिट काठमाण्डौ फर्कने निर्देशक थापाले फिल्मीखबरलाई जानकारी दिए । यस अघि दर्शकको मन जित्न सफल भएको चलचित्र मेरो एउटा साथी छ निर्माण गरेका थापाको दोस्रो चलचित्र मेरो लभ स्टोरी पोष्टप्रोडक्सनमा छ ।
बिहे अघि सँगै बस्ने युवायुवतीको कथालाई समेटिएको उक्त चलचित्रमा आर्यन सिग्देल, सौगात मल्ल, अरूणिमा लम्साल र सुष्मा कार्की मुख्य भूमिकामा छन् । यस्तै चलचित्रमा विवाहअगाडि युवायुवतीसँगै बस्दा र विवाह गर्नुपर्दा आउने समस्यालाई चलचित्रमा उठाउन खोजिएको जानकारी दिईएको छ ।
त्रय निर्माता सुरेश पहारी, गौरव हिराचन र शंकर गुरुङको संयूक्त लगानी रहेको उक्त चलचित्र निकै महत्वकाक्षी हुने बताइएको छ ।