
चालिस भन्दा बढी चलचित्रमा संगीत भरिसकेका संगीतकार चेतन सापकोटाले आफ्नो परिचयमा सोलो एक्कल गीतकारको विशेषण थपेका छन् ।
करिब आठ बर्ष अघि चट्टान चलचित्र डेब्यू संगीतकार सापकोटाको गीती लेखन यात्रा आजको मात्र हैन तर सर्न्दर्भ यस्तो भैदियो २०६७ सालले उनलाई पूर्ण गीतकार पनि बनाईदिएको छ । केही दिन अघि छायाकंन समाप्त भएको दिपक रायमाझी निर्देशित चलचित्र 'चाडै आऊ है 'मा समावेश गरिएका पाँच गीत उनले नै लेखेका हुन र ती सवै गीतमा संगीत पनि उनैले भरेका छन् । ती गीतहरू सवै मौलिक पारमा गाँउले परिवेशमा आधारित छ ।
' गीत त फाट्ट फुट्ट लेखिरहन्थे तर यसरी एउटा फिल्मका सवै गीतमा पहिलो पटक गीत र संगीत भरेको हु' खुशी हुदै सापकोटाले भने । गीतकारको विशेषण थपेपछी उनी भन्छन् 'मैले काम गरेका हरेक फिल्ममा एउटा गीत मेरै हुन्छ तर पूर्ण गीतकार भने चाडै आऊ है ले बनाईदियो ।'