मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुन्दरीको भीडमा लोकेन्द्रको शासन

फिल्मीखबर, काठमाण्डौ, 2010/12/25

आफ्नो लगानीमा निर्माण भएको चलचित्र शासन  प्रदर्शनबाट उठेको रकम समाज सेवामा खर्च गर्ने घोषणा गरेका निर्माता तथा  नायक  लोकेन्द्र कार्कीले सो फिल्मको प्रोमोशन युवतीहरूको भीडमा  गरेका छन् ।

एक साता अघि अडियो विमोचन समेत थुप्रै सुन्दरीहरूको हातबाट गराएका कार्कीले शनिबार आफ्नो फिल्मी प्रोमोशनलाई पुनः बत्तीस सुन्दर  युवती साथै सयौ विद्यार्थी र उनका अविभावक माझ गरेका छन् ।  सर्न्दर्भ थियो दि फेसन प्लसले आयोजना गरेको मिस कलेज प्रतियोगिताको जहाँ लोकेन्द्र सो कार्यक्रममा अतिथिको साथै निर्णायक मण्डली मध्येका एक थिए ।

 

सुन्दर युवती छान्ने प्रतियोगितमा आफ्नो फिल्मको प्रोमोशनमा ब्यस्त रहेका कार्कीलाई किन यसरी प्रोमोशन गर्नु भएको हो भन्दा उनले भने 'शिक्षा   क्षेत्रमा केही गरौ भन्ने हिसावले कलेजका विद्यार्थीलाई सपोट गरेका हौ ।' लोकेनले फिल्मबाट उठेको सम्पूर्ण रकमलाई फाउण्डेसन मार्फत नेपालका ग्रामिण स्थानमा स्वस्थ्य, शिक्षा र बृद्धहरूको हेरचाहको लागि खर्च गर्ने बताउतै सवैलाई आफ्नो फिल्म हेरेर  सहयोग गर्न आग्रह समेत गरे ।

डेढ करोड खर्च गरिएको भनिएको उक्त चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन  । आगामी माघको पहिलो साता रिलिज हुने तयारीमा रहेको उक्त चलचित्रमा  लोकेन्द्रको अलवा  सम्राट सापकोटा, रेखा थापा ,  संञ्चिता लुइटेल तथा नीर शाह मुख्य भूमिकामा छन् ।