मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लजाउनुको अर्थ मौन स्विकृती

विजय आवाज, काठमाण्डौ, 2010/12/26

फिल्मी खवर :  तपाईको वास्तविक जिवनमा मेल खाने कथामा चलचित्र वनेको रहेछ । कस्तो महशुश गर्दै हुनुहुन्छ ?

राजेश हमाल :
  हो, मेरो जिवनमा केही मेल खाने कथामा चलचित्र दुलही वनेको छ । वास्तविक जिवनमा एक जना मेरो फ्यान थिईन्, जो मसँग विहे गर्न चाहन्थिन् । तर वास्तविक जिवनमा मेरो फ्यानसँग विहे हुने कुरा अलि टाढाको हो । तर यो चलचित्रमा मेरो फ्यानसँग विहे हुन्छ ।

फिल्मी खबर :
  चलचित्रको पर्दाभित्र श्रीमतीको रुपमा नायिका  सुमिना घिमिरेलाई पाउनु भएको छ । के वास्तविक जिवनमा उहाँ सँग विहे गर्न मन त लागेको छैन ?

राजेश हमाल : (प्रश्न भूइमा झर्ने वित्तिकै लामो हाँसो)  यो कस्तो प्रश्न हो ?

 

राजेश लामो हाँसो हाँसीरहदा छेउमै वसेकी सुमिना घिमिरे भने लजाउदै थिईन् । त्यसपछि हाम्रो प्रश्न दुलही चलचित्रकी नायिका सुमिना तिर मोडियो ।


फिल्मी खवर :  तपाईलाई राजेश दाईसँग चलचित्रको पर्दामा विहे गर्दागर्दै वास्तविक जिवनमा विहे गर्ने सोच त आएको छैन ?


सुमिना घिमिरे :  हा.......हा.......हा....... (लजाउदै)  यस्तो प्रश्न नसोध्नु न ।


चलचित्र दुलहीको एक शिर्षगितको छायांकनमा सुमिनासँग विहे गरेका राजेश हमाल र उनकी श्रीमती सुमिनासँग कुराकानी गर्दै जाँदा छायांकनस्थल हाँसो र लाजको मिश्रणले गुञ्जियो । हाँसोसँगै राजेशले भने, 'मलाई यो चलचित्रले एउटा कुरा सोच्न भने वाध्य वनाईदिएको छ ।'

फिल्मी खवर :
  के हो त्यस्तो सोच्नै पर्ने कुरा राजेश जी ?


राजेश हमाल :  मलाई अव भने विहे गर्नु पर्छ कि जस्तो लागेको छ ।

 


४७ वर्षको  उमेरसम्म विहेको वारेमा केही नसोचेका राजेशले यो अनुभव वताएपछि हामीले उनलाई अर्को प्रश्न राख्यौ ।

फिल्मी खवर : 
तपाईलाई यो चलचित्रले विहे गर्ने सोच वनाईदिएको छ कि सुमिना जीसँग विहे गर्ने सोच वनाईदिएको छ ?

राजेश हमाल : हा.......हा.......हा....... (अकमकिदै) खै, यो वारेमा म के भनुँ ? तर तपाईले सोचे जस्तो नहोला ।

एकछिन अकमकिएका राजेशले पुलुक्क सुमिना तिर हेरे । सुमिनाको आँखा राजेशसँग जुध्यो अनि उनि फेरी शिर झुकाउदै लजाईन् । लजाएकी सुमिनालाई हामीले यसवारे जिज्ञासा राख्यौ ।

फिल्मी खवर :
  तपाईलाई राजेश हमालको दुलही भएर काम गर्दा गर्दै कतै उहाको वास्तविक जिवनकै दुलही वन्ने भावना पैदा हुन थालेको त छैन नि ?

सुमिनाको हाँसो मात्र छुट्यो तर वोली फुट्दै फुटेन । उनी झनै लजाईन् र लामो हाँसो  हाँसिन् ।

चलचित्रको पर्दाभित्र सुहागरात मनाईसकेपछि आफ्ना साथीभाईको लागी दिईएको विवाह भोजमा राजेश र सुमिना निक्कै रोमाञ्चित हुदै थिए । सम्भवत: राजेश हमाल पर्दामा आउदा सुमिनाको जन्म पनि भएको थिएन । तर आज चलचित्रको पर्दामा सिनेमा क्षेत्रकै महानायकको दुलही हुन पाउदा सुमिना दङग थिईन् । सुमिना भन्दै थिईन्, 'मलाई यो चलचित्रमा राजेश दाईले खुवै सहयोग गर्नुभएको छ ।' अनि तपाईले राजेश दाईलाई कत्तिको सहयोग गर्नु भयो त? फिल्मीखवरको प्रश्नमा उनले भनिन्, 'मैले पनि सक्दो सहयोग गरेको छु ।' राजेश र सुमिनासँग कुराकानी गर्दै जाँदा उनिहरु हामीले सोधेको प्रश्नलाई खण्डन गर्न भन्दा पनि लजालु पारामा प्रस्तुत भईरहेका थिए ।

राजेश हमाल अन्य चलचित्रमा गर्ने गेटअप भन्दा केही पृथक देखिएका थिए । लामो कपाल अनि प्राय चलचित्रमा लगाउने पहिरनमा देखिने राजेश यो चलचित्रको छायांकनमा भने साच्चिकै दुलाहा जस्तो देखिएका थिए । कपाल छोटो वनाएका राजेश कोट र पाईन्टमा ठाटिएका थिए । उनको गेटअप हेर्दा कसैले पनि उनलाई ४७ वर्षको  पाको उमेरको भनेर भेउ राख्न सक्दैनथ्यो । उता नायिका  सुमिना पनि भर्खर विहे गरेकी वेहुली जस्ती देखिँदा कतिलाई त राजेशले विहे नै गरेकी जस्तो पनि लाग्न सक्थ्यो । भनिन्छ लजाउनुको अर्थ मौन स्विकृती हो । कसैले कुनै कुराको उत्तर भनेन र हास्दै लजायो भने सम्झनु पर्छ  उसले मौन स्विकृती जनायो भनेर ।

राजेश हमालसँग वास्तविक जिवनमा विहे गर्न मन लागेको छ भन्ने प्रश्नमा सुमिनाले केही पनि वोलीनन्, मात्र हाँसीन् र टाउको निहुराउदै लजाईन् । अधिकांश प्रश्नको उत्तर मिलाएर दिन सिपालु नायक राजेश हमालले पनि सुमिनासँग वास्तविक जिवनमा विहे गर्ने सोच त आएको छैन भन्ने प्रश्नमा केही पनि वोलेनन्, वरु उल्टै हाँसे मात्र । यसरी यि दुई हाँस्दै लजाउनुको अर्थ कत्तै दुवैले जनाएको मौन स्विकृति त होईन ?