मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेड स्टूडियोको उद्धघाटन र काठमाण्डौको अडियो लन्च भब्य हुने

फिल्मीखबर, काठमाण्डौ, 2010/12/27

लामो समय देखि प्रदर्शनको पालो कुरेको आकाश अधिकारी निर्देशित चलचित्र काठमाण्डौको अडियो विमोचन तथा रेड स्टूडियोको उद्धघाटन  भब्य हुने भएको छ । 

निर्देशक अधिकारीले दिएको जानकारी अनुसार पर्सी बुधबार बेलुकी ३ बजे  काठमाण्डौको कमल पोखरी स्थित किउएफएक्स कुमारी  सिनेमा घरमा नेपालका स्थापित कलाकार तथा चलचित्रकर्मीले अडियो विमोचन गर्नुको साथै रेड स्टूडियोको उद्धघाटन गर्ने छन् । नेपालमा पहिलो पटक भित्रिएकी रेड सिने फोर के क्यामारा सहित उच्च प्रविधिले सुविधा सम्पन्न उक्त स्टूडियो काठमाण्डौको महाराजगञ्जमा अवस्थित छ । उच्च प्रविधिको सो स्टूडियोमा  चलचित्र निर्माणका लागि  आवश्यक पर्ने ,ड सिने फोर के क्यामेरा, इडिटिङ, भिएफ एक्स एनिमेशन, कलर करेक्सन, डबिङ, मिक्सिङ्ग, तथा फाईभ  पोइन्ट वान सराउण्ड साउण्ड सिस्टम, सवटाइटेलिङ्ग लगायतका सुविधा उपल्बध छन् ।


यस्तै दि स्काई मुभि प्रालिको ब्यनरमा वेन नविन अधिकारी र आकाशको संयूक्त लगानी रहेको चलचित्र काठमाण्डौ  आगामी जनवरी देखि यूरोपका केही शहर र फेब्रुअरीमा अमेरिका र क्यानाडामा समेत प्रदर्शन हुने पक्का भएको निर्देशक अधिकारीको भनाई छ ।  उनका  अनुसार आफ्नो चलचित्र फोर के क्यामेराले खिचिएकाले न्यूयोर्कको ज्याक्सन हाईट थिएटरमा प्रदर्शनको अनुमति दिइएको हो । सो थिएटरमा फेब्रुअरी ४ देखि दुई हप्तासम्म दैनिक तीन शो देखाइने फाईनल समेत  भएको उनले बताए । हलिउड सो हलमा पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुन लागेको हो ।



रेश मरहठ्ठा, संयूक्ता राणा, रिया मार्फी, प्राप्ति घिमिरे तथा  आकाश स्वयम मुख्य भूमिकामा रहेको उक्त चलचित्रको अडियो विमोचन पनि अन्य नेपाली सिनेमाको विमोचन भन्दा पृथ्क हुने बताईएको छ  । हाई बजेटको प्रतिक्षारत उक्त चलचित्रमा धनी गरिब सवैको रहर भो काठमाण्डौ भन्ने बिषयमा आधारित रहेर सडक बालबालिकाको कथा भौतिक संरचनाको अवस्था, बेरोजगारी, हत्या हिंसा, लुटपाट अनि युवापिडीहरूको ड्रग्स सेवन प्रतिको झुकाव र बढ्दै गईरहेको एड्स रोगको बिषयलाई उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको बताईएको छ ।