मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महानायकको सपना पूरा हुने भो

फिल्मीखबर, काठमाण्डौ, 2010/12/27

नायक हुन भन्दा अघि राजेश हमालले एउटा सपना बुनेका  थिए, म हिरो हैन फिल्म मेकर बन्छु अर्थात निर्देशक । जव २६ बर्षको उमेरमा निर्देशक दीपक रायामाझीको नजरमा उनी परे तव उनको सपना सपनामै सिमित भयो । युगदेखि युगसम्म डेब्यू नायक हमालले दुई दशकको चलचित्रको पेशा पार गरिसक्दा पनि फिल्म मेकर बन्ने आफ्नो सपनालाई कहिलै पूरा गर्न सकेनन् । 

केही समय अघि सञ्चारकर्मीमाझ  २०११ मा आफैले फिल्म निर्देशन गर्ने घोषणा गरेका हमालले निर्देशक बन्ने त्यो सपना अब चाडै नै पूरा गर्ने भएका छन् । फिल्मीखबरसंग कुरा गर्दे उनले भने 'आउँदो दशैमा फिल्म निर्देशन गर्दैछु ।' केही सहयोगीका साथ उनले निर्देशन गर्ने भनिएको फिल्ममा उनी आफै नायक समेत हुदैछन् । कस्तो हुन्छ त तपाईले निर्देशन गरेको फिल्म भन्दा उनले भने 'नेपाली चलचित्र  र  विदेशी चलचित्र मनपराउने दुबै दर्शकले मनपराउने ।

कथा अबश्य उत्कृष्ट हुन्छ होला नि भन्दा उनले फेरी  भने 'फिल्म राम्रो बनाउन कथा चाहिदैन क्यामेरा, लाईट र सम्वाद राम्रो भए  पुग्छ । '  आफूले निर्देशन गर्ने भनिएको फिल्मको बजेट समेत धेरै नहुने उनको भनाई छ । यस्तै हिरोबाट निर्देशक भएपछी अन्य फिल्म खेल्नु हुन्छ कि हुन्न भन्दा  उनले फेरी जवाफ दिए 'खेल्छु नि  किन खेल्दिन ?'

बार्षिक  दर्जन बढी चलचित्रमा अभिनय गर्ने हमालले दुई दशकमा २ सय ५० बढी चलचित्रमा अभिनय गरिसकेका  छन् र करिब त्यतिकै सख्यामा नयाँ नयाँ निर्देशकसँग पनि नयाँ अनुभव लिईसकेका छन् । यतिका बर्ष थुप्रै निर्देशकसँग काम गर्नु भयो प्रभावित चाहि को सँग हुन भयो भन्दा उनले भने 'सुरूका दिनमा शिव रेग्मी उत्कृष्ट लाग्थ्यो तर अहिले त्यस्तो कोही उत्कृष्ट लाग्दैन ।'  अन्तमा फिल्म दशैबाट नै सुरू गर्नु हुन्छ नी भन्दा उनले विश्वस्त हुदै भने 'अबश्य गर्छु तर दशैताका मात्रै  ।'