मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदर्शकहरूको नझुक्ने निर्णय

फिल्मीखबर, काठमाण्डौ, 2010/12/27

सोमबार पूर्वाञ्चल भेलामा सहभागी भएका पूर्वका हल सञ्चालकहरूले आफ्नो पेशामा कटिबद्ध हुदै कसैसँग नझुक्ने निर्णय निकालेका छन् ।

 चलचित्र संघको आयोजनमा पूर्वाञ्चलको इटहरीमा आयोजित उक्त भेलामा वीरगञ्ज देखि काकडभिट्टा सम्मका प्रदर्शकहरूले हलहरूसँग  निर्मातासंघको विभिन्न विवाद अन्त्य गर्नु पर्ने माग राखेका थिए । कार्याक्रमलाई उद्धघाटन गरेपश्चात चलचित्र संघका पूर्व अध्यक्ष तथा गोपी कृष्ण हलका  सञ्चालक उद्धब पौडेलले निर्माताहरू जस्तै प्रदर्शकहरूमा एक्यबद्धताको अभाव भएको जनाउदै ब्यवसायिक हितमा एक जुट हुन उपस्थित प्रदर्शकहरूलाई आग्रह गरेका थिए । यस्तै संघका अध्यक्ष राजकुमार पोखरेलले पनि सम्पूर्ण हलसञ्चालकहरू एक जुट हुने पर्ने आशय ब्यक्त गरेका थिए ।

यस्तै एक दिने सो भेलाले इटहरीमा संघको भवन निर्माण गर्ने निर्णय सहित राजकुमार लामाको संयोजकत्वमा चलचित्र संघ पूर्वाञ्चल तदर्थ समिति समेत गठन गरेको छ ।  सो समितिको सदस्य सचिवमा चेतन बराल अन्य सदस्यमा भोलामान श्रेष्ठ, राज ताम्राकार, गोपाल सुवेदी,  निरज गुप्ता र डिल्लीराज छन् । निर्माण गरिने संघको भवनको लागि उद्धव पौडेलले गोपी कृष्ण मुभिज प्रालिको तर्फबाट एक लाख रूपैया सहयोग गर्ने घोषणा समेत गरे ।