मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चितवनमा अन्तराष्ट्रिय चलचित्र कार्यशाला हुने

फिल्मीखबर, काठमाण्डौ, 2010/12/27
आगामी माघ सात गतेदेखि चितवनको मेघौली स्थित गोलाघाटमा अन्तराष्ट्रिय चलचित्र कार्यशाला आयोजना हुने भएको छ ।
 
 चलचित्र निर्देशक समाजले आयोजना गर्न लागेको सो एकहप्ते कार्यशालामा भारतका कनल शाष्त्री र गोविन्द निहालिनी, दक्षिण कोरियाका किम डोङ विन जस्ता बरिष्ठ चलचित्र विज्ञहरूको सहभागिता रहने बताईएको छ । यसैगरी सो कार्यक्रममा चिनियाँ चलचित्र निर्देशकलाई पनि चीनको राजदूत मार्फत ल्याउने पहल भैरहेको आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । 
 
कार्यक्रममा उपस्थित हुन लागेका अतिथीहरूले बनाएको चलचित्रको साथमा केहि नेपाली चलचित्र माथी विश्लेषणात्मक टिप्पणी, बहस, चलचित्रको अन्तर्राष्ट्रियकरण, प्रविधीको प्रयोग जस्ता बिषयमा छलफल गरिने आयोजकले जनाएको छ । सो कार्यशालामा निर्देशक समाजसँग आवद्व चलचित्र निर्देशकहरू, चलचित्र लेखकहरू, पत्रकार तथा इन्डिपेन्डेन्ट चलचित्र अभियानमा लागेका व्यक्तिहरू गरी करिब ५० देखि ६० जनाको सहभागिता रहने बताईएको छ ।
 
बिगतमा आयोजना भएका कार्यशालाहरू जस्तै यस कार्यशालाले पनि निर्देशकहरूलाई आफ्नो कला, कौशल, सिप र दक्षतामा अभिवृद्वी गर्न प्रेरणा मिल्ने आश आयोजकले गरेको छ । कार्यशालालाई मर्यादित र सफल बनाउन प्रचारप्रसार समिति, ब्यवस्थापन समिति, सुरक्षा ब्यवस्थापन समिति, कार्यशाला समन्वय समिति, स्रोत परिचालन ब्यवस्थापन समिति, सल्लाहकार समिति,  लगायतका समितीहरू गठन गरिएको छ ।