मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चारलाई धक्का निश्चित

फिल्मीखबर, काठमाण्डौ, 2010/12/29

पछिल्लो समय चलचित्रको ब्यापार निकै खस्कदो अवस्थामा छ । प्रत्येक साता न्यूनतम चार चलचित्र प्रदर्शन हुदाँ दर्शकले  ती सबै फिल्म हेर्ने पैसा समेत छैन भन्न थालिसके । तर पनि बल्ल बल्ल रिलिजको पालो पाएका  निर्माताहरूलाई कुनै प्रवाह छैन् एक साथ चार फिल्म प्रदर्शन हुदाँ कलेक्सनमा कति धक्का लाग्छ भनेर....

यस्तै धक्का आगामी शुक्रबार चार चलचित्रहरू  एक दिन एक रात, घातक,  अचानक र कन्यादानका निर्माताहरूले खादैछन् । शुक्रबारबाट  प्रदर्शनमा आउन लागेका यि चलचित्रहरू दर्शकले त हेर्छन तर बाडिएर निश्चित रूपमा मात्र ।  फरक धारको भनिएको देव कुमार श्रेष्ठ निर्देशित चलचित्र एक दिन एक रात विदेशी चलचित्र मन पराउने दर्शकले समेत रूचाउने अपेक्षा गरिएको छ । यस चलचित्रमा अनुप बराल, कर्म, विनय श्रेष्ठ,  दिया मास्के  र पुजा लामा मुख्य भूमिकामा छन् ।

यस्तै यो  बाहेकका   अन्य तीन चलचित्र भने पूरानै फर्मुलामा निर्माण गरिएकाले मसाला खोज्ने दर्शकले यि फिल्मलाई मन पराउछन् भन्ने आकलन काटिएको छ । पछिल्लो चरणमा फर्मुलामा आधारित चलचित्रहरूले ब्यापार गर्न नसकिरहेको अवस्थामा तीन चलचित्रले कतिदिन होल्ड ओभर गर्न सक्छन् त्यो भने एक सातामा देख्न पाईनेछ ।


फर्मुलामा अधारित भएपनि चलचित्र राम्रो बनाएको निर्माता निर्देशकको आआफ्नै दाबी छ । प्रकाश थापाको चलचित्र कन्यादान रिमेक गरेर निर्माण गरिएको सोभित बस्नेत चलचित्र कन्यादन समान्य कमेणी श्रेष्णीको चलचित्र हो । उपत्यका बाहिर प्रदर्शन भै सकेको यस चलचित्रमा  अर्जुन कार्की, धिरेन शाक्य, श्रृजना बस्नेत, रञ्जना शर्मा, नव प्रस्तुतीको रूपमा कुशल थापा कञ्चन रेग्मी निर्देशक स्वयम विभिन्न सात भूमिकामा देखिएका छन् ।

 यस्तै रामजी लामिछाने निर्देशित चलचित्र घातक थ्रीलर श्रेणीमा आधारित चलचित्र भएको बताईएको छ । लामिछानेको पहिलो फिल्म भएकाले कमि कमजोरी थुप्रै भटिने सम्भावना भएपनि चलचित्र उत्कृष्ट भएको यो टिमको भनाई छ । यस चलचित्रमा रमित ढुङ्गाना, जीवन लुइटेल, सुमन सिहं, झरना थापा, प्रेरणा शर्मा लगायतका कलाकार मुख्य भूमिकामा छन् ।  यस्तै घातक संगै देशभक्त खनाल निर्देशित चलचित्र अचानकमा निखिल उप्रेती, दिलिप रायामाझी, धिरेन शाक्य, जेसिका खड्का लगायत मुख्य भूमिका छन् ।


 नयाँ नयाँ फिल्म रिलिज हुनु आफैमा राम्रो कुरा हो तर, तर प्रतिष्पर्धाको यो सानो बजारमा यसरी एक माथि अन्य चलचित्र हावी भै एक साथ चार चलचित्र प्रदर्शन हुनु नेपाली दर्शक र चलचित्रकर्मीको लागि दुर्भाग्यको कुरा हो । एक सातामा एउटा नेपाली  दर्शकले चार चलचित्र सिनेमा हलमा गएर हेर्ने अवस्था छैन् तर्सथ दर्शक बाडिने भएकाले निर्माताहरूको कलेक्सनमा अबश्य असर पर्न जान्छ चाहे त्यो जस्तो सुकै राम्रो चलचित्र किन नहोस ।