नयाँ बर्ष २०६८ को मौकामा प्रदर्शनमा आउने भनिएको आकाश अधिकारीको कथा, निर्देशन तथा नबिन अधिकारी र आकाश अधिकारीले निर्माण गरेको चलचित्र काठमाण्डूको अडियो लन्च तथा अत्याधुनिक रेड सिने फोर के क्यामेरा प्रविधि यूक्त चलचित्र प्रशोधन केन्द्र रेड स्टूडियोको उद्धघाटन एकै पटक गरिएको छ । फोर के क्यामेरा अहिलेको नेपालमा पाईने मध्येको सवै भन्दा उच्च प्रविधिमा फिल्म खिच्ने क्यामेरा हो । जुन क्यामेरा एसियामा तेस्रो नम्बरमा भारत भन्दा अघि नेपालमा भित्रिएको हो ।
बुधबार साँझ काठमाण्डौको कमलपोखरी स्थित किउएफएक्स सिनेमा घरमा बरिष्ठ चलचित्रकर्मी यादव खरेलको आतिथ्यमा केही चलचित्रकर्मीले सो चलचित्रमा समावेश गरिएका गीतको अडियो, वेभर्साईट www.moviekathmandu.com र स्टूडियोलाई एक साथ सार्वजनिक गरेका हुन । फिल्ममा समावेश गरिएका पाँच वटै गीतलाई निर्देशक अधिकारीले लेखका हुन् भने अमेरिकामा सुट गरिएको एक गीत क्रेजी गर्लमा उनले नै कोरियोग्राफी गरेका छन् ।
सुनिधी चौहान, आदित्यनारायण झा, सुखवीन्दर सिहं, सञ्जिवनी, कैलाश खेर तथा आरती कक्कणले स्वरबबद्ध गरेको ती गीतहरूलाई लामो समयपछी कमब्याक भएका संगीतकार रहुल प्रधानले संगीत दिएका छन् । चलचित्रमा आकाश, रेश मरहठ्ठा, संयूक्ता राणा, हलिउड नायिका रिया मार्फी, ममता प्रधान, प्राप्ती घिमिरे लगायत मुख्य भूमिकामा छन् । १ सय ५० मुल्य पर्ने सो अडियोलाई बजारमा विक्रि वितरण गर्ने जिम्मा म्यूजिक नेपालले लिएको छ ।
आकाश सहित विभिन्न पाँच जना चन्द्र महर्जन, सन्तोष भट्टराई, हरि नेपाल र नबिन अधिकारीको लगानी रहेको रेड स्टूडियोबाट अब उच्च प्रविधिको फिल्म खिच्ने सकिने भएको छ । महाराजगञ्ज स्थित सो स्टूडियोमा चलचित्र निर्माणका लागि आवश्यक पर्ने डी सिने फोर के क्यामेरा, इडिटिङ, भिएफ एक्स एनिमेशन, कलर करेक्सन, डबिङ, मिक्सिङ्ग, तथा फाईभ पोइन्ट वान सराउण्ड साउण्ड सिस्टम, ३२ भाषमा सवटाइटेलिङ्ग लगायतका सुविधा उपल्बध छन् ।
रेड स्टूडियोको उद्धघाटन पश्चात सो स्टूडियोको सञ्चालक समेत रहेका आकाशले बलिउडबाट नसोचेको मूल्यमा आफ्नो क्यामेरा भाडामा मागिए पनि विदेशी फिल्म खिच्नका लागि सो क्यामेरा नदिएको र आउने दिनमा समेत आफ्नो क्यामेरा विदेशी फिल्म खिच्न नदिइने बताए । उनले भने 'यो क्यामेराले नेपाली फिल्म विदेशमा खिच्छु भन्ने हो भने दिईन्छ नभए दिईन्न ।'
यस्तै उक्त फिल्म फेब्रुअरीमा ४ देखि अमेरिका समेत प्रदर्शन हुने पक्का भएको निर्देशक अधिकारीले बताए। उनका अनुसार आफ्नो चलचित्र फोर के क्यामेराले खिचिएकाले न्यूयोर्कको ज्याक्सन हाईट थिएटरमा प्रदर्शनको अनुमति दिइएको हो । जहाँ सो फिल्म तीन सातासम्म दैनिक तीन शोका दरले बुकिङ्ग समेत भएको आकाशको भनाई छ ।
मिति : २०८१ मंसिर ९, आईतवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
काठमाण्डूको अडियो लन्च र रेड स्टूडियोको उद्दघाटन
फिल्मीखबर, काठमाण्डौ, 2010/12/29
- गरिमा शर्मा : ‘लण्डन टू पेरिस’मा कमजोर, ‘ह्रस्व दीर्घ’मा झिनो सुधार
- बक्स अफिसमा ‘तेल भिसा’ औसत, ‘अग्निदहन’ नाजुक
- १८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?