मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेशलाई गजबको प्रस्ताव

फिल्मीखबर, काठमाण्डौ, 2010/12/30

कुनै समय राजेश हमाल र करिश्मा मानन्धरको जोडी नम्बर वान थियो । धेरैवटा फिल्ममा जोडी भएर देखिएका यि दुईलाई  अधिकाश दर्शक र केही चलचित्रकर्मीले प्रेमि प्रेमिका  भनेर संज्ञा पनि दिने गर्थे । हुन पनि हो, नायक हमाल र नायिका मानन्धरको जोडी चलचित्र उधोगमा उदाहरणिय जोडीको रूपमा दर्शक तथा चलचित्रकर्मीले हेरेको कुरालाई  नकार्न सकिंदैन ।

करिष्मासँग हमालको जोडी छुट्टिएपछी धेरैले हमाल एक्लिएको महसुस पनि गरे । एक्लिएका हमालको बेचैनीलाई बुझेर होला एक निर्माताले उनलाई एउटा अचम्मको प्रस्ताव गरेको बुझिएको छ । प्रसङ्ग हो नायिका करिष्माको १६ बर्षिया छोरी कविताको । अचम्मको प्रस्ताव यो छ कि, १६ बर्षिया कवितालाई ति निर्माताले ४७ बर्षिय नायक हमालसँग जोडीको रूपमा पर्दामा उतार्ने प्रस्ताव गरेका छन् ।


यसरी प्रस्ताव गरिएता पनि दुबै जनाले सो प्रस्तावलाई स्विकार भने गरिसकेका छैनन् । बुझ्नमा आए अनुसार कविता चलचित्र उधोगमा आउन अझै इच्छुक देखिएकी छैनन् । कविताकी आमा नायिका करिष्मा पनि भन्छिन्, 'कवितालाई फिल्म खेल्ने इच्छा छैन ।'  कक्षा १० मा अध्ययनरत कविताले आफूले आफ्नो भविष्यको बारेमा अझै केहि नसोचेको बताएकी छिन् । तर कविताको भविश्यको बारेमा सोच्ने यि निर्मातालाई भने मान्नै पर्छ ।