मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफ्नै निर्मातासँग निर्देशक भिड्दै

फिल्मीखबर, काठमाण्डौ, 2010/12/30

आगामी फागुनको दोस्रो साता प्रदर्शनमा आउन लागेको दुई चलचित्रका  एउटै  निर्देशक  राजेन्द्र उप्रेती र निर्माता सुशिल पोखरेल भिड्ने भएका छन् ।

व्यापारिक भिडन्त भनिएको उक्त फिल्म रिलिजको समयमा  वास्तविक जीवनमा समेत यि दुईको ठूलो युद्ध सुरू नहोला भन्न सकिने अवस्था छैन । कुरा के हो भने प्रदिप कुमार भट्टराईसँग मिलेर राजेन्द्रको लगानी तथा निर्देशनमा बनेको  चलचित्र 'मन मनै मन पराएँ ' र सुशिलको एकल लगानीमा राजेन्द्रले नै निर्देशन गरेको  चलचित्र 'निगरानी' एक साथ प्रदर्शनमा आउदैछन् । उसै त प्रतिस्पर्धाको यो सानो बजारमा एक चलचित्रको रिलिजले अर्को चलचित्रलाई धक्का दिईरहेको बेला आफैले निर्देशन गरेका दुई फिल्मलाई एक साथ प्रदर्शन गर्न निर्देशक उप्रेती  र निर्माता  पोखरेलले कम्मर कसेका छन् ।


आफ्नै निर्मातासँग फिल्म जुधाउने तयारी गरेका  निर्देशक उप्रेती र सुशिल बीचको सम्बन्ध अहिले सम्म त राम्रै छ तर यस पछिको समयका सम्बन्धले कुन रूप लिने हो यहि नै भन्न सकिने अवस्था छैन । यसै सम्बन्धमा फिल्मीखबरले निर्माता सुशिलसँग विविध प्रश्न गर्दा सुशिलले राजेन्द्रले जानी जानी बाघको शिकार बन्न आए आफ्नो भन्नु केहि नभएको प्रतिक्रिया दिएका छन् । उनि भन्छन्, 'राजेन्द्र जीले मलाई राम्रो चलचित्र बनाएर दिनु भएको छ त्यसैले मलाई मेरो चलचित्रसँग जुनसुकै चलचित्र भिड्न आए पनि डर छैन ।'


उता राजेन्द्रले भने रिलिजको लागि ६ महिना अघि डेट लिएकाले आफ्नो डेट नछाड्ने अड्डी कसेका छन् । यस अघि उनी निर्देशित चलचित्र सिलसिला फागुनमा  रिलिज गरिएकाले हिट भएको थियो त्यसैले पनि आफूले उक्त लक्की समय छाड्न नसक्ने राजेन्द्रको भनाई छ । राजेन्द्र भन्छन्, 'हुनत दुबै चलचित्र मेरै हुन् तर पनि आफूले निर्माण गरेको चलचित्रको माया बढि लाग्दो रहेछ । त्यसैले म मेरो चलचित्रलाई जुनसुकै हालतमा पनि मैले रोजेको समयमा चलाएर छाड्छु ।'


यस्तै यस अघि सुशिलले राजेन्दलाई निगरानी सहित जय शिव शंकर निर्देशन गर्न दिएका थिए र आउदो तेस्रो प्रोजेक्टमा समेत राजेन्द्रलाई लिने फिल्मीखबर समक्ष घोषणा समेत गरेका थिए । तर रिलिजको  टाईममा आफ्नै निर्देशकले धोका दिने भएपछी सुशिल अलमलमा परेका छन् ।