आगामी माघ चौध गते देखि देशब्यापी प्रदर्शनमा आउने लागेको चलचित्र स्वरको यूनिट यो समय देश दौडाहामा छ । सो दौडाहामा निर्देशक प्रशन्न पौडेल, नायिकाद्धय केकी अधिकारी, बेनिषा हमाल, निर्माता सुरेन बलामी लगायतको टोली सहभागी छन् ।
फिल्म प्रोमोशनका लागि बुधबार बुटवल पुगेको सो टोलीले बिहिबार बुटबलका विभिन्न एफ एफमा अर्न्तवार्ता दिदै फिल्म प्रोमोशन गर्नुको साथै बुटवलमा आयोजना भएको बुटवल औधोगिक मेलामा सहभागी भएर नाच गान समेत गरेको थियो । सोही चलचित्रकी नायिका केकी र बेनिषाले स्वरको शिर्ष गीत सुपरस्टार तथा प्रशन्नको निर्देशनमा शिव परियारले गाएको क्या दामी भो गीतमा निकै मजाले नाचेका थिए । उनीहरू नाच्दा मेलामा उपस्थित दर्शक सहित प्रशन्नले समेत कम्मर मर्काएका थिए ।
हिजो बुधबारबाट विशेष प्रोमोशनमा निस्किएको स्वर यूनिटले बुटवलका सिनेमा घरहरूको समेत अवलोकन गरेको थियो । मुख्यत: युवा लक्षित आफ्नो फिल्ममको प्रोमोशन ल्होछार पर्वको विदाको कारण बुटवलका कलेजमा गर्न नसकिएको प्रशन्नले बताए । यस्तै हिजो बुधबारबाट विशेष प्रोमोशनमा निस्किएको सो टोली बिहिबार बेलुकी चितवन पुगेको छ । फिल्म प्रोमोशनका लागि चितवन पुगेको सो टोलीले शुक्रबार बिहान ८ बजे चितवनको थर्ड आई रेष्टुरामा प्रेस मिट समेत आयोजना गर्दैछ । त्यसपछी चितवनका केही कलेज, स्थानीय सञ्चारमाध्यममा अर्न्तवार्ता र सो क्षेत्रका सिनेमा भवन अवलोकन गर्ने कार्यक्रम रहेको प्रशन्नले बताए ।
महत्वकाक्षी फिल्म स्वरको ननस्टप पन्ध्र दिने प्रोमोशनमा निस्किएको सो टोली क्रमश पूर्वका धरान, विराटनगर झापा हुदै पश्चिम दाङ , नेपालगञ्ज, धनगढीलगायतका विभिन्न सहरमा फिल्मको प्रोमोशन गरी पोखरामा अन्तिम कार्यक्रम गरि आफ्नो पन्ध्र दिने भ्रमण सकि काठमाण्डौ फर्कने बताएको छ ।