मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कर्मको टाईमा के खराबी थियो ?

फिल्मीखबर, काठमाण्डौ, 2010/12/31

भनिन्छ व्यक्तित्व  झल्काउनु छ भने कोटसँग टाई लाउनु जरूरी देखिन्छ । समय परिवर्तनसँगै सवैले यो कुरालाई मान्न तयार पनि नहोलान् तर पनि टाई विनाको सुटको के अर्थ ?

यस्तै रातो टाई सहित सुटबुटमा सजिएर आफ्नो फिल्म 'एक दिन एक रात' को प्रिमियरमा सहभागी हुन बिहिबार बेलुका जय नेपाल सिनेमा घरमा उपस्थित भएका नायक कर्मले हलको प्राङगणमा पाईला टेकेको केही मिनेटमै आफ्नो टाई खोलेर फालिदिएका थिए ।

 

जेन्टल  भएर सेतो र्सटमा म्याच हुने रातो टाई सहित कालो सुटमा उपस्थित भएका कर्मले किन टाई फुकाले त ? फिल्मीखबरको प्रश्नमा उनले अकमकाउदै उत्तर दिए 'घाँटीमा धेरै टाईट भयो अनि फुकालें ।'  टाईट भएको भए टाईको नटलाई खुकुलो बनाउन सकिन्थेन र ? उनले फेरी उत्तर  दिए 'मलाई टाई नै लाउन मन पर्दैन ।'



टाई लाउन मन नपर्ने भएपछी उनी किन त्यसरी टाई सुटमा उपस्थित भए त ?  सम्भवत पहिलो पटक फिल्मी कार्यक्रममा टाई सुटमा भेटिएका कर्मलाई टाई नै मन नपर्ने हो कि त्यो टाईमा कुनै खराबी थियो र जसको कारण उनले लगाईरहेको आफ्नो टाईलाई फुकाले  । 

 

सुरूमा टाई लगाएर हाई हेल्लो गर्नु अनि केही बेरमा त्यो टाई फुकाली मिल्काउनुले  टाईमा केही खराबी भएको स्पष्ट संकेत उनकै व्यबहारले देखाएको छ । कर्म जी त्यो टाईमा लुकेको राज के थियो र तपाईले एकाएक फुकाल्नु भयो ?