मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियर कस्का लागी ?

विजय आवाज, काठमाण्डौ, 2010/12/31

चलचित्र वनाइसकेपछि अधिकांशले आफूले वनाएको कामको मुल्याकंन होस भन्ने चाहन्छन् । उचित र  सहि मुल्याकंनले मानिसलाई नयाँ नयाँ कामको लागी प्रेरणा दिएको हुन्छ । चलचित्र वजारमा आफूले गरेको कामको सहि मुल्यांकन संचारमाध्यम र चलचित्रकर्मीले गरुन भनेर चलचित्र वनाउनेहरुले चलचित्रको प्रिमियर गरेको पाइन्छ ।

 

वलिउड चलचित्र वजारमा चलचित्र प्रर्दशनमा आउन केही दिन अघि या अघिल्लो दिन प्रिमियर गर्ने प्रचलन निकै छ । नेपालमा चलचित्र प्रिमियरको पचलन धेरै पुरानो होईन । पछिल्ला केही वर्ष यता चलचित्रका प्रिमियर गरेर मात्र प्रर्दशनमा ल्याउन थालिएको छ । चलचित्र वनाउनेहरुले प्रिमियर गर्नुपर्छ भन्ने त वुझे तर प्रिमियर किन र कसका लागी भन्ने वुझेका छैनन् ।

 

मल्टिप्लेक्स हलमा महँगो दरमा हल भाडा लिएर साथमा जानि नजानि देखाउनैको लागी रेड कार्पेट ओच्छाएर मात्र चलचित्रको प्रिमियरको नाटक देखाउने हो भने त्यो औचित्य हिन छ । चलचित्रको प्रिमियर सहि अर्थमा भन्ने हो भने पत्रकार र समिक्षकका लागी हो ।  तर जसका लागी प्रिमियर गरिन्छ सोही व्यक्ति नै वेवास्ताको पात्र वन्दछ भने अव त्यसलाई के भन्ने ?

 

विहीवार वेलुकी काठमाण्डौको जय नेपाल हलमा चलचित्र एक दिन एक रातको प्रिमियर गरीएको थियो । प्रिमियर कार्यक्रम भएतापनि त्यहाँ चलचित्रकर्मी र पत्रकार भन्दा अन्य व्यक्तिहरुको उपस्थिती धेरै थियो । चलचित्र हेर्न पुगेका अधिकांश पत्रकारहरु निक्कै असन्तुष्ट देखिए । उनीहरु असन्तुष्ट देखिनुको पनि आफनै कारण थियो ।

 

जसका लागी प्रिमियर गरिएको हो सोही समुहलाई चलचित्र वनाउनेहरुले ठाडो वेवास्ता गरेको पाईयो । जय नेपाल हलमा रहेको तल्लो भागमा पत्रकार तथा चलचित्रकर्मीलाई राखियो । निमन्त्रणा कार्डमा नै हलको टिकट पठाईएको थियो ।  जसका लागी प्रिमियर गरिएको हो उनिहरुलाई तल्लो भागको टिकट पठाएर चलचित्र वनाउनेहरुले वेवास्ताको झनक दिए । आखिर किन माथिल्लो भागमा पत्रकार भन्दा ठुलो मात्रामा अन्य व्यक्तिहरुलाई राखियो ?

 

चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले टिकट हेर्दै भने,' पत्रकारलाई किन यसरी उपेक्षा गरीयो ?  आखिर कसका लागी प्रिमियर गर्छन यि चलचित्रकर्मीहरु ?' अध्यक्ष शान्ति प्रियलाई पनि तल्लो हलको टिकट पठाईएको थियो । उता एक टेलिभिजनका क्यामेरापस्रनले भने, 'हामीलाई तल्लो भागमा वसेर चलचित्रका आवश्यक दृश्य खिच्न निक्कै गाहो हुन्छ ।' यसरी पत्रकारलाई छुटयाएर चलचित्र हेर्न वोलाईन्छ भने त्यो अर्थहिन छ ।

 

सवैभन्दा पहिला चलचित्रको प्रिमियर गर्नेहरुले वुझनु जरुरी छ कि प्रिमियर किन र कसका लागी गर्दै छौ भनेर । आफनो चलचित्र हेरेर समिक्षक तथा पत्रकारहरुले सकारात्क कुरा गरिदिउन भन्ने चाहना मात्र गरेर हुदैन । उनिहरुलाई सम्मान गर्न पनि सिक्नु जरुरी छ । यहाँ हामीले प्रिमियरमा पत्रकार तथा समिक्षलकाइ वोलाउनै पर्छ भन्न खोजेका होईनौ । तर वोलाई सकेपछि उनिहरुलाई किन वोलाईएको हो भन्ने कुरा नै आयोजकले वुझदैन भने त्यो निकै दुखको कुरा हो ।

 

चलचित्र 'एक दिन एक रात' त एक प्रतिनिधी चलचित्र मात्र हो । यहाँ गरिने अधिकांश प्रिमियरहरुमा पत्रकार तथा समिक्षकलाई वेवास्ता गरिन्छ । आवश्यक सिट भन्दा वढि संख्यामा पाहुनाहरु वोलायो अनि उनिहरुलाई भेडा बाख्राको शैलीमा हल भित्र राख्यो । अव्यवस्थित प्रिमियरका यस्ता धेरै उदाहरण देख्न सकिन्छ । फलानोले आफनो चलचित्रको प्रिमियर गरेछ भनेर देखाउनैको लागी हो भने प्रिमियर किन गर्ने ? यसकारण प्रिमियर गर्नु अगाडि किन र कसका लागी मैले चलचित्र देखाउन लागेको हो भन्ने वुझेर मात्र गर्नु जरुरी छ  ।