मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्टुडियो गएरै हेरे काँग्रेस नेताले फिल्म

अनुप भट्टराई, काठमाण्डौ, 2011/01/04

पहिलो पटक नेपालमा उच्च प्रविधिको रेड सिने फोर के क्यामेराले खिचिएको नेपाली फिल्म काठमाण्डूको चर्चा सुनेपछी नेपाली काँग्रेसका नेता एवं प्रवक्ता अर्जुन नरसिहं केसीले सो फिल्मको पोष्ट प्रोडक्सन भएको रेडस्टुडियो  पुगेर पूरै फिल्म हेरेका छन् ।

मंगलबार साँझ पाँच बजे महाराजगञ्जमा अवस्थित सो स्टुडियोमा उनी एक जना सहयोगीका साथमा स्टूडियोका केही कर्मचारी र निर्देशक आकाश अधिकारीसँगै बसेर पूरै फिल्म हेरका थिए । साढे दुइ घण्टाको उक्त फिल्मलाई बोर नमानि उनले पुरै हेरे । फिल्म हेरिरहेको अवस्थामा अकस्मात पुगेको फिल्मखबरसँग कुरा गर्दै केसीले राजनीतिमा सक्रिय भैकन पहिलो पटक यसरी पूरै फिल्म हेरेको बताए । विद्यार्थी कालमा थुप्रै फिल्म हेरे पनि ब्यस्तताका बाबजुत आफूले पुरै फिल्म चाहेर पनि हेर्न नसकेको उनको भनाई थियो ।

 
उनी दुइ बर्षअघि निरक पौडेलले निर्देशन गरेको फिल्म 'कुसुमे रूमाल' को प्रिमियरमा पहिलो पटक सहभागी भएका थिए । त्यसपछी विकास आचार्यले निर्देशन गरेको 'नाइ नभन्नु ल' र दीपेन्द्र के खनालले निर्देशन गरेको 'धर्मा' को प्रिमियरमा सहभागी भएका थिए । केसीले ती तीन प्रिमियरमा सहभागीता जनाएपनि 'कुसुमे रूमाल' र 'नाइ नभन्नु ल' आधा हेरका थिए र धर्माको प्रिमियरमा फिल्म नहेरी सहभागीता मात्र जनाएका थिए ।


यसरी स्टूडियो नै आएर फिल्म हेर्नुको राज कतै तपाई फिल्म बनाउने योजनामा त हुनुहन्नु भन्ने फिल्मीखबरको प्रश्नमा उनले त्यस्तो योजना नभएको बताए । तर स्टूडियो आएर फिल्म हेर्नुलाई कसरी विश्लेष्ण गर्ने भन्ने अर्को प्रश्नमा केसीले आकाशले आफ्नो फिल्म हेर्ने निमन्त्रणा दिएको र पाँच बजे पछि आफ्नो फुर्सद भएकाले आकाशको आग्रह बमोजिम फिल्म हेर्न आएको ' बताए । कस्तो लाग्यो त फिल्म भन्ने अर्को प्रश्नमा केसीले पारिवारिक जीवनका अमेल र काठमाण्डौमा घटने यथार्थ घटनालाई समेटिएकाले निकै रोचक लागेको बताए ।

 
उनलाई सम्झना भए अनुसार पहिलो पटक उनले हेरेको फिल्म माइतीघर हो रे । नेपाली चलचित्र प्रति मोह भएपनि राजनीतिका कारण चाहेर पनि यो छेत्रबाट टाढा हुनु परेको उनको भनाई थियो ।