फिल्म निर्देशन गर्नु पूर्व एक चोटी बुढासुब्बा मन्दिर दर्शन गर्ने भाकल राखेका स्वर निर्देशक प्रशन्न पौडेलले बुढा सुब्बाको मन्दिरमा फिल्मको अडियो सीडी चढाएर आफ्नो भाकल पूरा गरेका छन् ।
फिल्म प्रोमोशनका लागि देशदौडाहामा निस्किएको स्वर यूनिटले मंगलबार बिहान पूर्वाञ्चलको धरान स्थित बुढा सुब्बा मन्दिर पुगी फिल्मको अडियो सीडी चढाएको हो । भाकल स्वरूप सीडी चढाउन बुढासुब्बा गएको सो टोलीमा प्रशन्नको अलवा निर्माता सुरेन बलामी, नायिका द्धय केकी अधिकारी, बेनिषा हमाल र एक कलाकार फुस्रे डन सहभागी थिए । यसै सर्न्दर्भमा फिल्मीखबरले गरेको केही जिज्ञासामा प्रशन्नले 'राम्रो फिल्म बनाएपनि आस्थाको हिसावले बुढासुब्बालाई सिडी चढाएको' प्रतिक्रिया दिएका छन् ।
सिडी चढाए पश्चात सो टोलीले निर्देशक पौडेलको गृह नगर विराटनगर पुगी पत्रकार सम्मेलन आयोजना समेत गरेको थियो । पत्रकार सम्मेलनमा स्वर यूनिटले आफ्नो फिल्मको बारेमा स्थानिय पत्रकारहरूलाई जानकारी गरायो । गएको बुधबारबाट पन्ध्र दिने देश दौडाहामा निस्किएको स्वर यूनिट भोली बुधबार पोखरा जादै छ । पोखरामा पनि स्वरले फिल्म प्रोमोशनका लागि विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसपछी सो टोली पश्चिमका केही शहर पुगी थप प्रोमोशन गरी राजधानी फर्कने छ ।
।