कलेजी रङ्गको टक्सन गाडी चढ्दै आएकी नायिका झरना थापाले शुक्रबारबाट आफ्नो गाडी परिवर्तन गरेकी छिन् ।
एक दिन अघि थापाथलीको एक स्वरूमबाट किनेको डाईट्सुको टेरियस उक्त नयाँ गाडीलाई उनले शुक्रबार बिहान भद्रकाली मन्दिर लगी पुजाआजा समेत गरिन् । इन्सोरेन्स सहित ४८ लाख मूल्य बराबरको उक्त गाडी किनेको खुशियालीमा उनले केही नजिकका साथीभाईलाई लड्डु समेत खुवाएकी थिईन् । पति एवं निर्माता सुनिल कुमार थापाको सहयोगमा किनेको सो गाडीमा झरनाले आफ्नो ३० प्रतिशत लगानी रहेको बताएकी छिन् ।
किन फेर्नु भयो नि गाडी भन्ने प्रश्नमा झरना भन्छिन् 'चढिरहेको गाडी मान्छे अनुसार अलि ठूलो भएको र एउटै गाडीले श्रीमान् श्रीमतीलाई काम गर्न गाह्रो भएकाले नयाँ लिएको हुँ ।' यानिकी अब उनका पति सुनिल झरनाले प्रयोग गर्दै आएको टक्सन चलाउने भएका छन् र झरनाले नयाँ । नयाँ गाडी किनेको उपल्क्ष्यमा आज शुक्रबार उनी कुनै पनि फिल्मको सुटिङमा गईनन् र बेलुकी किङ्गस वे सोही गाडीमा शयर गर्न समेत निस्किएकी थिईन् ।
धेरै गाडी फेर्ने एवं महंगो गाडी चढ्ने नायिकाको रूपमा अग्रपंक्तिमा रहेकी झरनाले यस अघि टोयटा , पेरोडिया, भिटारा, सेन्ट्रो, र पछिल्लो पटक टक्सन पछी टेरियस चढ्न सुरू गरेकी हुन् ।