स्थापना भएको तीन बर्षमा पहिलो पटक वितरक डीजीटल सिनेमा नेपाल (डीसीएन) ले चलचित्र चिनो बाट नयाँ रेकर्ड कायम गर्ने भएको छ ।
हाल देश भर ८७ वटा डीजटल सर्भर रहेको सो संस्थाले आगामी पौष ३० गते देखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र चिनोलाई पहिलो पटक एक साथ ७० वटा सिनेमा घरमा रिलिज गर्ने निर्णय गरेको छ । यस्तै उता सो चलचित्रका निर्माता एवं निर्देशक सोभित बस्नेतले डीसीएन प्यानलबाहेक अन्य थप पन्ध्र स्थानमा समेत आफ्नो फिल्म एक साथ लाग्ने भएपछी नेपालको इतिहासमै धेरैवटा हलमा चिनो बाहेक अन्य फिल्म नलागेको दाबी समेत गरेका छन् । उता डीसीएन महाँप्रबन्धक अशोक शर्माले पनि आफ्नो सर्भरबाट पहिलो पटक ७० वटा हलमा एक साथ फिल्म देखाउन पाईएको खुशी व्यक्त गरेका छन् ।
यस्तै मसलेदार चलचित्र बनाउने सोभितले आफ्नै सक्रियातामा आज भन्दा आठ दश बर्षअघि पनि वितरक संस्था विना ३० देखि ३५ स्थानमा फिल्म लगाउने गर्थे । यो समय सोभित फिल्म चिनोको प्रोमशनमा निकै व्यस्त छन् । सो चलचित्रमा नायिका रेजिना उप्रेतीको विभिन्न रियल स्टण्ड समेत देख्न पाईनेछ भने द्धन्द निर्देशक राजेन्द्र खड्गीलाई तेस्रो लिङ्गीको रूपमा फरक प्रस्तुतीमा हेर्न पाईनेछ ।
मिति : २०८१ मंसिर ७, शुक्रवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
डीसीएनमा चिनोको रेकर्ड
फिल्मीखबर, काठमाण्डौ, 2011/01/07
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’
- ‘सारङ्गी’को सफलता : प्रकाशलाई हर्ष न विस्मात् !
- ‘ह्रस्व दीर्घ’ले नघायो साढे ३ करोडको आँकडा
- किन आमाको रोलमा बढी देखिन्छिन् वर्षा ?