मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेनीका पत्रकारसँग स्वर

सन्तोष गौतम, बेनी, 2011/01/08

एमआरएस मुभिजको पहिलो प्रस्तुती चलचित्र 'स्वर'को युनीट प्रचार प्रसारका लागि देश दौडाहमा छन् । आगामी माघ १४ गतेदेखि देशभरका सिनेमा घरमा प्रदशनको तयारीमा रहेको चलचित्र 'स्वर'को कलाकार र निर्माताको टोली शुक्रबार म्याग्दी, बाग्लुङ आएर चलचित्रको प्रचार प्रसार गरेर फर्केका छन् ।

 

मनिष राजभण्डारी, रवि लामा र सुरेन बलामी निर्माता रहेको चलचित्रको प्रचारका लागि निर्देशक प्रशन्न पौडेल, नायीका केकी अधिकारी, बेनीषा हमाल, रिमा विश्वकर्मा लगायतको टोलीले धौलागिरिका सञ्चार माध्यममा अन्तरवार्ता पनि दिन भ्याएको छ । उनीहरुले म्याग्दी र बागलुङमा पत्रकारहरुलाई भेला पारेर चलचित्रका बारेमा जानकारी गराएर फर्के । उनीहरुले स्थानीय सिनेमा घरका सञ्चालक र आफ्ना प्रसंशकहरूलाई भेटेर चलचित्रको प्रचार गरेका हुन् । चलचित्रका नायक तथा अन्य कलाकार भने प्रचारमा थिएनन् ।

 

पत्रकारहरूसँग निर्माता मनिष राजभण्डारी र रवि लामाले नेपाली चलचित्र धरापमा पर्न लागेका बेला आफूहरुले नयाँ प्रबिधिको प्रयोग गरेर चलचित्र निर्माण गरेको जानकारी दिए । नयाँ पुस्ता र पुरानो पुस्ता बिचको अन्तरलाई चलचित्रको मुख्य बिषय बनाएको निर्माताहरुले बताए । युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको चलचित्रले रुचीअनुसारको काम गरेमा सफल भईन्छ र छिटो प्रगती गर्न खोज्न हुन्न, संर्घषा गर्न सकेमा सफलता प्राप्त हुने सन्देश बोकेको निर्देशक प्रशन्न पौडेलले बताए । चलचित्र सांगीतिक प्रेममा आधारीत छ । उनीहरूले ९० लाख रुपैया खर्च गरेर निर्माण गरिएको चलचित्रले दर्शकलाई नयाँ सन्देश दिन खोजेको दावी गरे ।      

 

एनबी महर्जनले द्धन्द्ध निर्देशन गरेको संगीत क्षेत्र सम्बद्ध चलचित्रको छायांकन बिदुर पाण्डेले गरेका छन् भने गीत रचना भुपेन्द्र खड्काको रहेको छ । नृत्य निर्देशन नायीका तथा मोडल केकी अधिकारीले गरेकी छन् । थुप्रै म्युजीक भिडीयोमा अभिनय गरेकी चञ्चले स्वभावकी अधिकारीले यही चलचित्रबाट ठूलो पर्दामा डेब्यू गरेकी हुन् । चलचित्रको गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, इन्दिरा जोशी, अञ्जु पन्त, थुप्तेन भुटिया, सुगम पोखरेल, मिङमा शेर्पा र सन्तोष लामाको स्वर रहेको छ । 

 

बेनीमा पक्रकारहरुसँग निर्देशक प्रशन्न पौडेलले अहिले नेपालमा कुल जनसंख्याको जम्मा ७ प्रतिशतले नेपाली चलचित्र हेर्ने गरेको बताउदै आफुहरुले दर्शक संख्या बढाउने गरी स्तरिय चलचित्र बनाएको दावी गरेका छन् । नायिका केकी अधिकारीले नेपाली चलचित्र नै नहेरी नराम्रो छ भन्ने हाम्रो संस्कार बन्न लागेको उल्लेख गर्दै चलचित्र स्वर हेरेपछि नेपालमा पनि स्तरिय चलचित्र बन्न सक्छ भन्ने अनुभुति दर्शकलाई हुने बताईन् । यसैगरी नायिका रिमा बिश्वकर्मा र जेनिसा हमालले चलचित्र स्वरमा सबै कलाकारले न्याय हुने गरी अभिनय गरेको बताए । कार्यक्रममा चलचित्र स्वरको केही दृश्यहरु समेत देखाइएको थियो ।