मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवन केसीलाई राजकुमार राईको प्रश्न

फिल्मीखबर, काठमाण्डौ, 2011/01/09

अचानक गएको सोमाबार एमालेमा प्रवेश गरेका नायक तथा नेता भुवन केसीलाई चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले अनौपचारिक रूपमा केही कडा  प्रश्न गरेका छन् ।

पार्टी प्रवेश पश्चात सन्दर्भबस आईतबार एक कार्यक्रममा सँगै भटिएका यि दुई हुँदाहुँदै दुबै बाहिर निस्केर पार्टी प्रवेशको बिषयमा करिब १५ मिनेट आ-आफ्नो तर्फबाट कुरा माथि पार्न ब्यस्त थिए । चिया पिउने निहुँमा बाहिर निस्केका भुवन केसीलाई  'तपाई जानु हुदैन थियो त्यसरी' भन्दै राईले आक्रोश व्यक्त गर्दा  भुवनले 'गएँ त के भयो ? मैलै राजनीति गर्न नहुने कहि लेख्या छ र ?'   भन्दै उत्तर दिएका थिए । फेरी त्यसको प्रतिप्रश्नमा राईले 'पब्लिसिटी स्टण्डको नाममा यसरी फिल्म इन्डष्ट्रीलाई बदनाम हुने गरी जानु हुदैन थियो' भन्दा भुवनले 'मैले केही बदनाम गरेको छैन ।' म फिल्म मेकर भएको हिसावले जहिले पनि मेरो पहिलो प्राथामिकता यहि उद्योगका लागि हुन्छ ।' भन्ने जवाफ फर्काएका थिए । आगामी दिनमा यो क्षेत्रका लागि तपाईले केही राम्रो काम गर्नु हुन्छ नि ? भन्ने राजकुमारको अर्को प्रश्नमा भुवनले बाचा कस्दै भने, 'अबश्य गर्छु हेरिराख न !'

यस्तै तरिकाले यि दुईको धेरै बेर आरोप प्रत्यारोप चलिनै रह्यो । सो समयमा राजकुमार राई पनि निकै आक्रोशित भएर भुवनलाई व्यङ्गात्मक शैलीमा प्रश्न गर्थे भने भुवन ती प्रश्नहरूलाई डिप्लोमेटिक ढङ्गले खण्डन गरेका थिए । ती आरोप प्रत्यारोपका बीच यि दुईको एउटा कुरामा मात्र सहमति देखिएको थियो । राजनीतिक दलहरूले कलाकारहरूलाई राष्ट्रका गहना भनेको प्रति राजकुमार र भुवनले एउटै शब्दमा कलकार गहना नभई देशका शक्ति हुन भनि एउटै मुख लगाएका थिए ।

आफ्नो छैठो प्रजोक्ट 'साथी म तिम्रो' रिलिजको संघारमा आएका बेला अचानक राजनीतिक दलको ट्याग भिरेका अभिनेता केसी सोही कारण विवादमा फसेका छन् । जस अनुरूप सोही बिषयमा राजकुमार र भुवन विच डिस्कस परेको हो । अन्तमा चित्त नबुझे  पनि सो डिस्कसको  अन्त भएपछी  राजकुमारले भुवनलाई पार्टी प्रवेश गरेकोमा बधाई समेत दिएका थिए ।