नेपाली चलचित्रको छायांकनमा निर्देशकले सवैभन्दा वढि वोल्ने भाषा हो 'एक्सन' र 'कट' । एक्सन र कट भन्न जानेपछि निर्देशकको पहिचान भिर्न धेरै समय लाग्दैन । तर निर्देशक हुनका लागी यि दुई शब्दको राम्रो ज्ञान हुनु नै पर्दछ । यि दुई शब्दको ज्ञान नृत्य निर्देशक शिव शर्मालाई पनि थियो ।
यहि माघ १४ गतेवाट देशभर एकसाथ प्रर्दशनमा आउन लागेको चलचित्र 'दिलमाया' का नृत्य निर्देशक शिव शर्माको जिवनमा यहि एक्सन कटले निक्कै अविस्मरणिय घटना घटाई दियो । अहिले चलचित्र दिलमायाको 'छुट्छ कि साथ...' वोलको गित निक्कै चर्चित छ । अर्जुन पोख्रेलको संगितमा तयार भएको यो गितको सिआरबिटी पनि उत्साहजनक तरिकावाट डाउनलोड भईरहेको छ । अझ यसो भनौ चलचित्रको पब्लिसीटि खर्च निर्माताले यहि गितको सिआरबिटीबाट उठाएका छन् । तर यो गितको छायांकनमा भने नृत्य निर्देशकले कम्तिको दु:ख झेलेका रहेनछन् ।वल्ल आज आएर शिवको त्यहि दु:खलाई निर्माण पक्षले फिल्मीखवर सामु पर्दाफास गरेको छ ।
चलचित्र दिलमायाको यो गितको छायांकन मस्र्याङदी नदिमा गरिएको हो । गोरखा जिल्लामा रहेको मस्र्याङदी नदिमा नायक अशोक फुयाल र नायिका अरुणिमा लम्साललाई नचाउनु पर्ने थियो । चैत्र महिना भएकाले पनि गर्मी मौसममा नदिको छेउछाउमा छायांकन गर्न चलचित्र युनिटलाई रमाईलो भईरहेको थियो । गितको छायांकन भएकाले चलचित्र दिलमायाका निर्देशक राजु गिरी भन्दा नृत्य निर्देशक शिव शर्मा व्यस्त थिए ।
शर्माले गितमा नदिको विचमा रहेको ढुंगामाथि नायक नायिकालाई नचाउने विचार गरे । ढुंगामाथि नायक नायिकालाई कसरी नाच्ने भनेर सिकाउन उनि आफै पनि त्यसमा चढे । ढुंगामाथि चढेर गितको स्टेप सिकाउन एक्सन वोलेका शर्मा एकाएक हराएछन् । एक्सन वोलेका नृत्य निर्देशक कट भन्ने वेलामा एकाएक वेपत्ता भएपछि चलचित्र युनिटले उनको खोजी गर्न थाल्यो । खोज्दै जाँदा त उनि ढुंगावाट चिप्लीएर पानीमा डुब्न पुगेछन् । पानीमा डुबेका नृत्य निर्देशक शर्मालाई करिब पाँच मिनेटपछि मात्र चलचित्र युनिटले बाहिर निकाल्न सफल भएको रहेछ । उनको साथमा भएको मोवाईल सेट पनि पानीमा डुबेका कारण विग्रन पुगेछ । उनी केही समयपछि मात्र होशमा आएछन् ।
यता नृत्य निर्देशकले एक्सन भनेपछि गितमा नाच्न थालेका नायक नायिका कटको प्रतिक्षामा वसेको वस्यै भएछन् । ढुंगामाथि एक्सन वोलेका नृत्य निर्देशकले पानी मुनि कट वोलेर नौलो अनुभव गरेपनि चलचित्र दिलमायाको यो गित आज आएर सफल भएको छ । चलचित्रका निर्देशक राजु गिरीले करिव दश महिना अघि घटेको उक्त घटनालाई सम्झदै भने, 'यसरी जोखीमपुर्ण तरिकाले छायांकन गरीएको यो गित आज आएर सफल भएको छ ।' चलचित्र प्रर्दशनको समयमा आएर वल्ल यो घटनालाई बाहिर ल्याउने निर्माण पक्षको यो तरीकालाई चलचित्रको पब्लिसिटीको राम्रो उपाय मान्न सकिन्छ ।
यो चलचित्रका निर्देशक राजु गिरी पनि उनको पछिल्लो चलचित्र चन्द्रावतिको एक गितको छायांकनमा भिरवाट खसेका थिए । राजु गिरीले निर्देशन गरेका चलचित्रको गितमा एउटा न एउटा दुर्घटना भईरहेको छ । ति घटना सम्झदैं निर्देशक गिरी ठट्यौली पारामा भन्छन्, 'मेरो चलचित्र हिट हुनलाई कोही न कोही कहिँ न कहिँबाट खस्नै पर्दो रैछ ।' यता चलचित्र दिलमायाकी निर्मात्री एलिजा रिजालले पनि गिरीको भनाईलाई व्यङग्य गर्दै भनिन्, 'अब चलचित्र हिट बनाउन निर्देशक ज्यूलाई नै खसाल्न पर्ला जस्तो छ ।' जे भएपनि चलचित्रको गितजस्तै चलचित्र पनि सफल होस् दिलमाया युनिटलाई शुभकामना !