मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तक्लुबाट अब मुन्द्रे

फिल्मीखबर, काठमाण्डौ, 2011/01/11

समय अनुसार गेटअपमा परिवर्तन आउनु स्वाभाविक हो । दुई वटा चलचित्र निर्देशन गरिसकेका एक जना निर्देशक ऋषि लामिछाने भने आफूलाई कसैले मुन्द्रे भनिदिए निकै मख्ख पर्छन् ।



उमेरले तीस क्रस यी निर्देशकले केहि महिना अगाडी मात्र श्रीमान् श्रीमतीको छायाँकन सकेर यो समय प्रदिप उदयको मेघा प्रोजेक्टको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' निर्देशन गर्ने सुर समेत कस्दैछन् । पूर्ण रूपमा प्रेम कथामा आधारित रहने भनिएको सो चलचित्रको कथा बस्तु कस्तो छ त्यो त चलचित्र बनिसकेपछी नै थाहा होला तर छायाँकनको दिन नजिकिंदै गरेको अवस्थामा यि निर्देशकले आफ्नो गेटअपमा परिवर्तन ल्याएका छन् ।



प्राय जसो तक्लु तालुमा रूमाल बाध्न नछाड्ने यि निर्देशकले यो समय रूमाल फाली कपाल पाल्न सुरू गरेका छन् भने कानको सानो टपलाई मिल्काएर ठूला ठूला मुन्द्रा लगाउन सुरू गरेका छन् । मुन्द्रा लगाउन सुरू गरेपछी एक कार्यक्रममा सहभागी हुन पुगेका यि निर्देशकले आफ्नो मुन्द्रे गेटपलाई सहकर्मीसमक्ष कस्तो देख्या छ भनेर प्रश्न समेत गर्दै थिए । जवाफमा उनका निकटस्त ब्यक्तिले निकै सुहाएको छ भन्दा यिनले आफ्नो नाक ठाडो भएको महसुस गरेका थिए ।


चर्चित अभिनेत्री सरिता लामिछानेका पती समेत रहेका यि निर्देशकले किन ठूला मुन्दा लगाउन थाले त ? उनले उत्तर दिए, 'मेरो मनको आग्रहले मुन्द्रा ला भन्यो अनि लगाएँ ।' मुन्द्राले ब्यक्तित्व राम्रो न झल्काउला कि भन्ने अर्को प्रश्नमा यि मुन्द्रे लामिछानेले अलिकति ज्वली टाईपको आफ्नो लुक्स भएकाले श्रीमतीको आग्रहमै मुन्द्रा लगाएको बताए । जेहोस् श्रीमतीको आग्रहमै मुन्द्रे बन्ने मौका पाएका लामिछानेलाई बधाई छ ।