मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनाथ बालबालिकासँग रमितको जन्मदिन

फिल्मीखबर, काठमाण्डौ, 2011/01/11

नायक रमित ढुंगानाले मंगलबार आफ्नै भतिजा सुमन ढुंगाना र आफू स्वयले खोलेको सानु फाउन्डेसनमा रहेका नौ जना अनाथ बालबालिका र केहि चलचित्रकर्मीको माझमा केक काटी आफ्नो ३० औं जन्मदिन मनाए ।

 

उनलाई जन्मदिनको शुभकामना दिन नायक भुवन केसी, नायिका निरूता सिंह, निर्देशकद्वय रमेश बुढाथोकी र सुमन दाहाल, कलाकार निर्मल शर्मा र सिपी पौडेल सो फाउन्डेसनमा पुगेका थिए । आफ्नो आत्मसन्तुष्टी र ति बालबालिकाको खुसीको लागी उनले आफ्नो जन्मदिन फाउन्डेसनमा मनाएको बताए । आफ्नी भाउजुको सम्झनामा सन् २००७ मा खोलिएको सो फाउन्डेसनमा बाजुरा, रूकुम, बनेपा, दोलखाका ५ बर्ष देखि १३ बर्ष सम्मका बालबालिका रहेका छन् ।

 

आफ्नै खर्चमा खोलिएको सो फाउन्डेसनमा थप केहि बच्चाहरू राख्ने योजना बनाएको रमितले जानकारी दिए । बोर्डिङ स्कुलमा पढ्दै आएका ति बालबालिकाहरूको लागी उनले बार्षिक दुई लाख खर्च गर्दा रहेछन् । रमितलाई हजुरबा र रमितका भतिज सुमनलाई बाबाको नाताले बोलाउने ति बालबालिकाले आफूहरूलाई रमित हजुरबाले धेरै माया गर्ने गरेको बताए ।