शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'न बिर्सें तिमीलाई न पाएँ तिमीलाई' को बुधबार साँझ प्रिमियर पनि गरियो । सो चलचित्रमा झरना थापा, विराज भट्ट र बाबु बोगटी मुख्य भूमिकामा छन् ।
गायकबाट नायकको समेत परिचय बनाएका बाबु सो प्रमियर समारोहमा झरना र विराज नहुदा आकर्षणका पात्र बनेका थिए । झोला भिरेर कालो चश्मा लगाएका अनि कानमा फेन्सी स्काप लगाएर हिपहप गेटअपमा उपस्थित भएका बाबु सो समयमा निकै हर्षित मुद्रामा देखिन्थे ।
गोपीकृष्ण हलको प्राङ्गगणमा हाई, हेल्लो, नमस्ते अनि चलचित्रको सफलताको अग्रिम शुभकामना चौतर्फी लिईरहेका यि चकलेटी नायक धेरै चलचित्रकर्मीको सामुन्ने घेरिए पनि । सो समय धेरै व्यक्तिको अगाडी घेरिएका बाबुसँग कुराकानी गर्नु भन्दा पनि उनको टाउकोमा लगाएको स्काप प्रति अधिकाशंको ध्यान केन्द्रित भैरहेको थियो । सामुन्ने रहेका मानिसले आफ्नो टाउकोमा हेरेको हेरै गरेपछी अप्ठयारो मानेका बाबुलाई त्यहाँ निकै छटपटी भयो र उनी यता उता गर्न थाले ।
हेर्न लायकको कुरा के थियो त बाबुको टाउकोमा ? छटपर्टाईको त्यो भावलाई बुझ्दा उनी निकै तनाव ग्रस्त पनि देखिए । तर जति गरेपनि उनले आफ्नो टाउकोमा रहेको त्यो चिजलाई केही गरी पनि पत्ता लगाउन सकेनन् र अन्तमा एक व्यक्तिले लगाईरहेको स्काप उल्टो थियो भन्दा उनी झसङ्ग भए र हत्तारिदै स्कापलाई सुल्टो बनाउन तर्फ लागे । त्यसपछी उनी बेजोडले हाँसे पनि ।
उनको त्यो स्कापमा अक्षर नलेखिएको भए त्यो स्काप उल्टो देखिदैन थियो तर के गर्नु स्कापमा लेखिएका सवै अक्षर आकाश तिर फर्किएपछी सवैले मुखामुख गर्ने नै भए नि । हो कि हैन बाबु जी ?