अन्तत करिश्मा मानन्धर हिरोइन हुने भनिएको चलचित्र डेस्टिनेशन काठमाण्डौबाट उनी निकालिएकी छिन् । भोली शुक्रबार मुहूर्त हुने उक्त चलचित्रमा निर्माण पक्ष र करिश्मा बीच केही असमझदारी भएपछी निर्माण पक्षले उनको स्थानमा अरूणिमा लम्साललाई लिने मौखिक निर्णय गरेको जानकारी प्राप्त भएको छ ।
यस्तै फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार करिश्मासँग असमझदारी उत्पन्न भएपछी सो यूनिटले नायिका नन्दिता केसीलाई हिरोइनमा खेल्ने प्रस्ताव गरेको थियो तर नन्दितासँग के कुरामा समझदारी भएनछ कुन्नी त्यसपछि यूनिट अरूणिमाको शरणमा पुगेको हो । यस्तै प्राप्त जानकारी अनुसार हिरोइन विवादका कारण सो यूनिटका निर्देशक दीपक रायमाझी निकै चिन्तित भएको बुझिएको छ । यति सम्मकी मुहूर्तको निमन्त्रणा पत्रमा करिश्मा मानन्धरको फोटो समेत छापिएको छ । जुन पत्र प्रत्येक सञ्चारकर्मीको हातमा पुगि सकेको छ ।
यस्तै असमझदारी उत्पन्न भएपछी विना एग्रीमेन्ट फिल्म फाईनल गरेको सो यूनिटको प्रोजेक्टमा पूर्ण रूपमा नखेल्ने मनस्तिथि करिश्माले बनाईसकेकी छिन् । जस अनुरूप मुहूर्तकै दिन शुक्रबार बिहान उनी पूर्वाञ्चलमा अशोक शर्माले निर्माण गरेको नयाँ सिनेमा हलको उद्धघाटन गर्न जादैछिन् ।
यस्तै बुझिन आए अनुसार मौखिक सहमति मात्र भएपछी अरूणिमा लम्सालले पनि सो फिल्ममा नखेल्ने मनस्तिथि बनाएको बुझिएको छ । सम्भवत भोलीको मुहूर्तमा अरूणिमाको समेत अनुपस्थिति रहने छ र त्यहाँ निर्माण अगावै हिरोइनको विवाद स्पष्ट देखिदैछ ।
मिति : २०८१ मंसिर १०, सोमवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
डेस्टिनेशन काठमाण्डूमा हिरोइन विवाद
फिल्मीखबर, काठमाण्डौ, 2011/01/13
- सौगातको ‘बम बहादुर’ पुष ५ मा आउने, यस्तो छ टिजर
- ‘एक्टिङ स्टार’का विजेताले फिल्म खेल्न पाउने
- ‘कल्ली’का निर्देशकलाई पलको चुनौती- ‘प्रमाण छ भने कसले मसँग काम गर्न मानेन भन्नुस्’
- डबल ह्याट्रिकपछि अब ‘पहाड’मा विपिन र वर्षा
- फेरि सर्यो पल र दीपिकाको ‘मायावी’, अब महाशिवरात्रिमा
- गरिमा शर्मा : ‘लण्डन टू पेरिस’मा कमजोर, ‘ह्रस्व दीर्घ’मा झिनो सुधार
- बक्स अफिसमा ‘तेल भिसा’ औसत, ‘अग्निदहन’ नाजुक
- १८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?