धेरैले प्रश्नले गरे नायक रेश मरहठ्ठलाई किन फिल्म बनाएको भनेर ? कसैले उनलाई नामको लागि फिल्म बनाएको हो भनेर प्रश्न गरे भने कसैले अमेरिकामा केही गर्न नसकेर नेपालमा फिल्म बनाएर पब्लिसिटी खोज्न आएको आरोप लगाए । तर त्यो आरोपलाई स्र्टाईलिस हिरो मरहठ्ठाले अस्विकार गरेका छन् ।
यति सम्मकी कि उनी अभिनित पछिल्लो चलचित्र काठमाण्डूका निर्माता एवं निर्देशक आकाश अधिकारी बीच निकै ठूलो फाटो रहेको समाचारहरू पनि सार्वजनिक भए तर ती समाचारलाई रेश फेरी पनि भन्छन 'सव झुट हो ।' यो समय होम प्रोडक्सनको चलचित्र च्यालेन्जको सम्पादन कार्यमा ब्यस्त रहेका रेशले आकाश अधिकारी र आफूबीच कुनै फाटो नभएको बरू उनकै प्रेरणाले फिल्म निर्माणमा हात हालेको बताएका छन् ।
'चाहान्छु म तिमीलाई नै' डेब्यू हिरो रेश पिंजडामा अभिनय अमेरिका गएका थिए तर करिब दुई बर्षअघि अमेरिकाको वासिन्टन डीसीमा आकाश र उनको पहिलो भेट भएको थियो र लगत्तै आकाशले उनलाई आफ्नो फिल्ममा हिरो भएर खेल्न प्रस्ताव गरेका थिए । जस अनुरूप थोरै सिनमा भएपनि रेश काठमाण्डूका हिरो भएका हुन ।
आगामी बैशाखमा प्रदर्शनमा आउने उक्त चलचित्र निर्माणका क्रममा आकाशको मिहिनेत देखेपछी रेशलाई पनि फिल्म बनाउने जागर चल्यो र अमेरिकामा रहेका आफ्ना भिनाजु माधव ढकालसँग फिल्म बनाउने प्रस्ताव उनले गरे र त्यसैको परिणाम अनुरूप उनको मेघा प्रोजेक्टको चलचित्र च्यालेन्ज तयार हुदैछ । यति सम्मकी आकाश जस्ता केही व्यक्ति नेपाली चलचित्र उद्योगमा दुईचार जना भए सवैको लागि राम्रो हुने रेशको धारणा छ ।
सात बर्षपछि फिल्म काठमाण्डू मार्फत कमब्याक रेशले अमेरिकामा निर्मित नौवटा छोटा चलचित्रमा समेत अभिनय गरेका छन् । समाजमा घटेका यथार्थ घटनालाई समेटेर निर्माण गरिएको चलचित्र काठमाण्डूको कथा आफूलाई धेरै मन परेपछि रेशले काठमाण्डूमा खेल्ने निर्णय गरेका थिए । चलचित्र काठमाण्डू यहि जनवरी १७ तारिखको दिन जर्मनीमा प्रदर्शन हुँदैछ भने फेब्रुअरीमा यो चलचित्र अमेरिकामा प्रदर्शन हुँदैछ ।