डीजीटल सिनेमा नेपालका महाप्रवन्धक अशोक शर्माले सोही संस्थाका अन्य केहि सदस्यसँग मिलेर निर्माण गरेको भिलेज सिनेमा हललाई भोली शुक्रबार महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पूर्वाञ्चलको उर्लाबारी बजारमा रहेको ७ सय सिट क्षमताको सो हलको बिहान करिब ११ बजे तिर उद्घाटन गर्ने शर्माले जानकारी दिए । अशोक शर्माको साथमा नकिम उद्दिन, भाष्कर ढुङ्गाना, राजेश सिद्धी, बलराम पराजुली, राजकुमार पोखरेलले मिलेर सो हल सञ्चालन गर्न लागेको बताईएको छ ।
हलको उद्घाटन गरेपछि सो हलमा शोभित बस्नेतको चलचित्र 'चिनो' लाग्ने बताईएको छ । हलमा डीसीएनको सर्भर जडान गरिएको छ ।