मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोभित मच्चिए मच्चिए थच्चिए

विजय आवाज, काठमाण्डौ, 2011/01/14

आफूले कागजी सहमती गरेकाले जसरी पनि काठमाण्डौको गंगा हलमा आफ्नो चलचित्र चिनो चलाई छाड्ने निर्देशक शोभित वस्नेतको सपना अन्तत चकनाचुर भएको छ । आजवाट देशभरका ८० भन्दा वढि हलहरुवाट एकसाथ प्रर्दशनमा आएको चलचित्र चिनोलाई काठमाण्डौको गंगा हलमा चलाउनका लागी उनले गंगा हलसँग कागजी सम्झौता गरेका थिए ।

 

गंगा हलमा चलचित्र चलाउनका लागी काठमाण्डौको क्यू सिस्टममा वस्नु पर्दछ । तर यो चलचित्र क्यूमा नबसी प्रर्दशनमा आउन लागेको थियो । चलचित्र प्रर्दशनमा आउनु एक हप्ता अघिदेखि आफ्नो चलचित्र चिनो गंगा हलमा प्रर्दशन हुने शोभितको भनाई थियो । यतिमात्र होईन बिभिन्न पत्रपत्रिकाहरुमा समेत यसको विज्ञापन प्रकाशित भैसकेको थियो । तर शुक्रवारवाट यो हलमा चलचित्र देशदेखि विदेश प्रर्दशनमा आएको छ । यो चलचित्र भने क्यू सिस्टमलाई फलो गर्दै आएको हो ।

 

यदि गंगा हलमा चिनो चलचित्र प्रर्दशनमा आएको भए लगभग काठमाण्डौमा लगाईदै आएको क्यू सिस्टम तोडिने पक्का थियो । वुझ्नमा आए अनुसार चलचित्र चिनो प्रर्दशन नगर्न शोभितलाई निर्माताहरुले व्यापक दवाव दिएका थिए । निर्माताहरुको दवाव आएपछि शोभित झुकेका हुन् । शोभित एक हप्ता सम्म मच्चिएर अन्तत थच्चिए पछि काठमाण्डौको बिबादित क्यू सिस्टमको झमेला फेरी एकपटक टरेको छ ।

 

यता गंगा हलका संचालक मदनमान वज्रचार्यले भने आफूले क्यू सिस्टमको सधै विरोध गर्ने वताएका छन् । 'हामी क्यू सिस्टम भन्दै सधैं थोत्रा चलचित्र चलाएर वस्ने तर काठमाण्डौका अन्य हलले भने नयाँ नयाँ चलचित्र रिलीज गरीरहेका छन् । यसरी नयाँ नयाँ चलचित्र रिलीज भएको ठाउँमा पुराना चलचित्र हेर्न हाम्रा हलमा को आउछ  ?' उनले आक्रोश पोखे । यदि साच्चिकै यहाँ निर्माता संघ छ भने क्यू सिस्टमबाट प्रर्दशनमा आउन लागेका चलचित्र प्रर्दशनको दिनमा अन्य चलचित्र प्रर्दशन गर्न दिनु हुदैन । पुराना चलचित्र मात्र प्रर्दशन गरेर हामी कतिन्जेल घाटाको व्यवसाय गर्ने ? वज्रचार्यले प्रश्न तेर्स्याए ।

 

काठमाण्डौको गंगा हलमा चलचित्र चिनो प्रर्दशन नभएपछि नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको चलचित्र यात्रा लम्विएको छ । राजकुमारले केही दिन अघि एक कार्यक्रममा काठमाण्डौको क्यू सिस्टम तोडीए आफूले चलचित्र क्षेत्र नै छोडेर हिड्ने वताएका थिए । यसरी चलचित्र प्रर्दशनलाई व्यवस्थित वनाउनका लागी काठमाण्डौमा लगाईदै आएको क्यू सिस्टम सधै जसो विवादीत वन्दै आएको छ ।

 

क्यू सिस्टम लगाउन हुने र नहुने भन्ने विषयमा चलचित्रकर्मीहरुले आ-आफ्नै तर्क राख्दै आएका छन् । तर यसरी वारम्वार विवादको घेराभित्र पर्दै आएको यो सिस्टमलाई सवै जना मिलेर एउटा निर्णय गर्नु जरुरी छ । होईन भने वारम्वार विवाद र झगडाको विषय वन्ने गरेको यो सिस्टमले कुनै दिन विकराल रुप नलेला भन्न सकिन्न ।