मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छर्लङ्ग देखियो नायिका विवाद

अनुप भट्टराई, काठमाण्डौ, 2011/01/14

फिल्मीखबर डटकमले बिहिबार साँझ राखेको  डेस्टिनेशन काठमाण्डूमा हिरोइन विवाद शिर्षकको उक्त समाचार पूर्ण रुपमा सत्य सावित भएको छ । शुक्रबार साँझ राजधानीमा आयोजित उक्त फिल्मको  मूहुर्तसँगै सो फिल्म भित्र देखिएको  नायिका विवादलाई  फिल्मको यूनिटले मूहुर्त समारोहमा छर्लङ्ग पारेको हो । 

 

यूनिटले मूहुर्तको समय नायिका विवाद लुकाउने प्रयास गरेपनि  निर्देशक, निर्माताको ब्यबहारले सो यूनिटको विवाद बाहिर आएको हो । सो फिल्ममा निर्देशक दीपक रायमाझीको रोजाईमा सर्वप्रथम अभिनेत्री करिश्मा मानन्धर लिने निर्माण पक्षको योजना थियो जस मुताविक मुहुर्तको निमन्त्रणा पत्रमा पनि करिश्माको फोटो  छापिएको थियो ।  तर अन्तिम समयमा फिल्म यूनिटसँग करिश्माको कुरा नमिलेपछी यूनिटले करिश्मालाई हटाउदै नायिका नन्दिता केसीलाई लिने निर्णय गरेको थियो । तर नन्दिताले फाईनल डिसिजन नदिएपछी यूनिटले  अरुणिमा लम्साललाई हिरोइन हुन आग्रह गरेको थियो । तर अरुणिमाले अन्तिम समयमा  हिरोइन विवाद थाहा पाएपछी फिल्म नखेल्ने यूनिटलाई जानकारी गराएकी थिईन् । फेरी यूनिटले नन्दितालाई आग्रह गर्‍यो र अन्तिममा दोस्रो आग्रहमा नन्दिताले खेल्न प्रतिक्रिया दिएपछी उनी फाईनल भईन् । नन्दिता सो फिल्ममा दीलिप रायमाझी (मदन) को मुना भएर खेल्दैछिन् ।


मूहुर्तको समयमा फिल्मको क्याप्टेन निर्देशक रायमाझी नै अनुपस्थित  थिए । निर्माण पक्षले रायमाझीको स्वास्थ्य अवस्था ठीक नभएपछी उनी कार्यक्रममा उपस्थित हुन नसकेको बताएको थियो तर कार्यक्रम समापन हुने समयमा रायमाझी पूर्ण रुपमा रक्सीको नशामा मात्तिएर आफ्नो उपस्थिती जनाएका थिए ।  समयमा उनी उपस्थित नभएपछी अतिथिको रुपमा निमन्त्रणा गरेका कांग्रेस नेता अर्जुन नरसिहं केसीको निर्देशन तथा  उनका ज्वाई एवं कांग्रेस युवा नेता गगन थापाले क्ल्याप  गर्दै सो फिल्मको  मुहूर्त गरेका थिए ।

 

निर्माण अगावै हिरोइन विवादमा फसेको सो यूनिटमा प्रोडक्सन पक्षले दुई हिरोइन नन्दिता केसी र  इन्ट्रोडक्सनको रुपमा एलिस कार्कीलाई रोज्यो तर इन्ट्रोडक्सनको रुपमा परिचय गराउदै गरेकी एलिसको स्थानमा निर्देशक रायमाझी र निर्माता मध्येका एक महेश कुवँरले नायिका  सुभेच्छा थापालाई  निर्णय गरेका थिए । जस अनुरुप फिल्मको मूहुर्तमा सुभेच्छा तयारीका साथ ग्ल्यामर पहिरनमा उपस्थित भएकी थिइन् ।

मुहुर्त समारोहमा कलाकारको नाम घोषणा गर्ने क्रममा आफ्नो नाम आउला भनेर ढुक्क बनेकी सुभेच्छाको त्यो पर्खाइ पर्खाइमै सिमित बन्यो । अन्तमा निराश भएर उनी घर फर्कन बाध्य भएकी थिईन् । कलाकारको रूपमा आफूलाई लिने भनेर समारोहमा आएकी नायिका थापाले आफूलाई लिने भन्ने कुरा शुरूमै थाहा भएको भए आफू कार्यक्रममा उपस्थित पनि नहुने बताईन् ।


 कलाकार रोजाईमा फिल्म यूनिटका प्रमुख व्यक्तिको आ-आफ्नो हटको कारण फिल्मको मुहुर्तमै यसरी पहिलो पटक नायिकाको विषयमा  ठूलो विवाद देखिएको हो ।  यस्तै मुहूर्तमा  निर्देशक रायमाझीको व्यबहार देखि प्रोडक्सन पक्षले उनको स्थानमा अर्कै  निर्देशकलाई लिने मुड समेत बनाएको बुझिएको छ ।

 

आगामी फेब्रुअरी महिनाबाट सुटिङ  सुरु गरिने भनिएको उक्त फिल्ममा ३ करोडको लागनी रहने यूनिटको भनाई छ । यस्तै दिएको जानकारी अनुसार  सो फिल्मको अधिकाशं छायाकंन अष्ट्रेलियामा हुने  छ । जसमा अष्ट्रेलियन नायिका एली मुख्य भूमिकामा रहने यूनिटको भनाई छ ।  जनकपुर मिडिया हाउस र काठमाण्डू फिल्मसको ब्यानरमा शरद अधिकारी, महेश कुवँर एवं एनआरएन गणेश केसीले संयूक्त रुपमा लगानी गर्ने भनिएको उक्त फिल्ममा राजु विक्रम थापाको छायाकंन तथा निखिल विश्वासको संगीत रहने छ ।