मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नन्दितालाई कांग्रेस नेताले समातेको समात्यै

अनुप भट्टराई, काठमाण्डौ, 2011/01/15

नायिका नन्दिता केसीले कांग्रेस नेता अर्जुन नरसिंह केसीको नाम सुनेकी मात्र थिईन् तर प्रत्यक्ष भने उनलाई भेट्ने मौका  पाएकी थिईनन् ।  उता राजनीतिक फिगरका अर्जुनले पनि हिरोइन नन्दिताको नाम सुन्नुको साथ टेलिभिजनको च्यानलमा आउने  केही फिल्मी प्रोमोमा उनलाई देख्ने मौका पाएका थिए ।  तर शुक्रबार एक चलचित्रको मूहुर्त समारोहमा पहिलो पटकसँगै  भेटिएका यि दुईले एक  अर्कालाई छाड्दै छाडेनन् ।


प्रमुख अतिथि बन्न आएका नेता केसीले जव फिल्मको मूहूर्त गरे त्यसपछी उनी  फुर्सद भए र ककटेल पार्टीमा नायक दीलिप रायमाझीसँग आफ्नो सहभागिता  जनाए । सो समयमा  ककटेल पार्टीमा रमाई रहेका केसीको सामुन्ने  नायिका नन्दिता केसी परिन् र दीलिपले यि दुईको परिचय गराईदिए ।  हुनत यि दुईको सामान्य भेट नेता केसी गाडीबाट झर्ने बित्तिकै भएको थियो । तर नेता केसी व्यस्त भएको कारणले नायिकालाई धाप मार्दै हल भित्र प्रवेश गरेका थिए । तर पनि दिलिपले चिनजान गराएपछि नन्दिताले सुरुमा  केसीलाई नमस्ते भनेर सम्बोधन गरेकी थिईन् तर जवाफमा नेता केसीले  उनलाई आफ्नो दाहिने  हात दिए र नन्दितासँग  करिब पाँच मिनेट हात मिलाई गफ गरिरहे । धेरै बेरसम्म हात मिलाएपछी नन्दिताले अप्ठयारो मानेको महसुस गरेपछी  नेता केसीले उनको हात छोडिदए र उनलाई अंगालो हालेर गफ चुट्न थाले ।


देशको एउटा शिर्ष नेताले अभिभावको नजरमा अंगालो हालेर गफ गर्नुलाई समान्य ठानेर होला नन्दिताले केसीसँगको बार्तालाई थप लम्ब्याइन् । त्यो बार्तालाई सहज बनाउने काम दीलीपले गरिरहेका थिए । जव नेता केसी र दीलीपको  बीचमा नन्दिता पर्थिन तब केसीले उनलाई समाईहाल्थे । यति सम्मकी एक हातमा हार्डड्रिङक्स हुँदा पनि उनले नन्दितालाई समाउन छाडेका थिएनन् । के त्यो हार्डड्रिङक्सको नशाले गर्दा आफ्नो शरिरलाई थेग्न नसकि हिरोइन नन्दितालाई नेता केसीले समाएका हुन वा अरु नै कारणले ? प्रश्न गर्ने धेरै ठाँउहरु देखिएका छन् ।

 

ड्रिङक्स त नायक दीलीपले पनि लिएका थिए तर तस्बिर खिच्दा मात्र उनले नन्दितालाई सामान्य स्पर्श गरेका थिए । नन्दितासँग करिब १५ मिनेटसँगै रहेका नेता केसीले त्यो पन्ध्र मिनेटमा एक मिनेट पनि  नन्दितालाई छुन छाडेनन् । यसै क्रममा सञ्चारकर्मीमाझ आफूहरू घेरिएपछि नन्दितालाई नेता अर्जुनले अन्तिमा  बहिनीको सम्बन्ध बनाएर विदा लिएका थिए ।

 

सो समयमा अर्जुनले तिमी पनि केसी म पनि केसी, तिम्रो प्रगती देख्दा खुशी लाग्यो  भनी नन्दितालाई भने लगत्तै नन्दिताले डिम्पल स्माईल दिईन् । त्यसपछि फेरी नेता केसीले 'तिम्रो दाजु छन् कि छैनन् ?' भनी प्रश्न गरे । जवाफमा नन्दिताले एक जना दादा छ भनी प्रतिक्रिया दिईन् । अन्तमा फेरी नेता केसीले त्यसो भए आजबाट मलाई पनि तिम्रो दादा सम्झ भनेर उनीबाट विदा लिए ।