नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका गरिमा पन्तलाई तनहुँ उद्योग वाणिज्य संघले शनिबार दमौलीमा सम्मान गरेको छ । नायिका पन्तलाई तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मोहनकुमार विकले खादा र सम्मानपत्रले सम्मान गरेका थिए ।
गत शनिबारदेखि दमौलीमा जारी तेस्रो तनहुँ महोत्सव एवं पश्चिमाञ्चल औद्योगिक व्यापार मेलाको अवसर पारेर नायिका पन्तलाई संघले सम्मान गरेको हो । तनहुँको आँबुखैरेनी गाविस बरादीमा जन्मिएकी पन्त तनहुँकै प्रथम नायिका हुन् । उनले चलचित्र क्षेत्र मार्फत तनहुँको नाम राखेको भन्दै सम्मान गरिएको हो ।
सम्मानपछि नायिका पन्तले सम्मानले आफूलाई थप प्रेरणा मिलेको बताइन् । कामको सिलसिलामा आफू जहाँ भएपनि आफ्नो मनमा सधै तनहुँमा नै रहने उनले सो अवसरमा बताइन् ।