नायक आर्यन सिग्देलले मन भित्रवाट चिच्चाउदै भने, 'मलाई माया गरिदिने सवैलाई धेरै धेरै धन्यवाद ।' उनले फेरी भने, 'आई लभ यू अल ।' आर्यनको मुखबाट यो शब्द सामान्य तरिकाले निस्किएको थिएन । आर्यन सिग्देल शनिवार काठमाण्डौका राष्ट्रिय नाचघरको प्रेक्षालयमा आयोजित सम्झना डिजिटल फिल्म अवार्ड कार्यक्रममा उत्कृष्ट नायकको अवार्ड थापे पछि निक्कै चिच्चाए ।
हिमालय टेलिभिजन र बिभिन्न चार एफएमबाट प्रत्यक्ष प्रशारणका साथमा नाचघर हलमा उपस्थित सयौ चलचित्रकर्मीको अगाडि आर्यन यसरी चिच्चाएकी उनको चिच्चाई भित्र केही नै केही मर्म लुकेको थियो । आर्यन अवार्ड पाएकाले मात्र चिच्चाएका थिएनन् । किनकी आर्यन स्वयम् अवार्डमा खासै जादैनन् र उनले भन्ने गर्दछन्, 'म अवार्डका लागी काम गर्दिन ।' अवार्ड कार्यक्रममा खासै नजाने यि नायक आखिर यो अवार्ड पाएपछि किन यसरी चिच्चाउदै सवैका अगाडि खुशि वाडिरहेका थिए त ?
आर्यन त्यसरी चिच्चाउनुको कारण नायिका रेखा थापा थिईन् । सो प्रेक्षालयमा आर्यनको साथमा नायिका रेखा थापा पनि उपस्थित थिईन् । तर कुनै समय एक अर्काको अनुपस्थितीमा खल्लो महशुश गर्ने यि दुई कलाकारसँगै बसेका थिएनन् । रेखासँगै कार्यक्रम अवधिभर नायक आयुष रिजाल वसेका थिए । नायिका रेखा थापाले चलचित्र हिफाजत मार्फत उत्कृष्ट नायिकाको अवार्ड जितिन् । जव रेखा अवार्ड लिन पुगिन् उनले त्यहाँ केही व्यक्तिहरुलाई धन्यवाद दिईन् । उनको धन्यवादमा सवैभन्दा वढि निर्देशक नरेश पौड्याल परे । त्यसपछि उनले हिफाजतका नायक आयुष रिजाललाई पनि धन्यवाद भनिन् । तर अचम्म हिफाजत चलचित्रका मुख्य नायक आर्यन सिग्देलको भने उनले नाम समेत उच्चारण गरिनन् ।
रेखाले सवैलाई धन्यवाद दिईरहदा हल भित्र उपस्थित आर्यन सिग्देलको अनुहार भने निन्याउरो देखिएको थियो । रेखाले आफूले अभिनय गरेको चलचित्रमा आयुष रिजालको नाम लिएपछि निक्कै निराश वनेका आर्यनले त्यस लगतै उत्कृष्ट नायकको अवार्ड थापेका थिए । आर्यनले रेखा सामु रोश पोख्न त्यसरी चिच्चाएका थिए । आर्यनले अवार्ड प्राप्त गरेर अवार्ड थाप्न जाँदाको क्षण नायिका थापा भने निन्याउरो अनुहारमा आफ्नो हातको औला टोकेर वसिरहेकी थिईन् । उनको अनुहारमा कत्तै पनि चमक थिएन ।
यसरी अवार्ड पाएपछि मन भित्रवाट चिच्चाएर नायक आर्यनले रेखाको वेवास्तालाई दरिलो तरिकावाट उत्तर दिएका थिए । रेखाले आफूले अवार्ड पाएको चलचित्रमा सहकर्मीलाई धन्यवाद दिदा आयुषलाई संझनु तर चलचित्रका मुख्य नायकको नाम समेत उच्चारहण नगर्नुको अर्थ के ? यि दुई विच पछिल्लो समय चिसीएको सम्वन्ध अव भने पुरापुर रुपमा सतहमा नै आएको पक्का छ । रेखा र आर्यन अहिले एक आपसमा वोल्दैनन् सोही कारणले यि दुई हरेक कार्यक्रममा एक अर्काप्रति आफ्नै तरिकाले रोस पोखीरहेका छन् ।
रेखा आफूले अभिनय गरेका अधिकांश नायकहरुसँग केही समय नङ र मासुको जस्तै सम्वन्ध राख्छिन् । तर त्यसको केही वर्षमै उनको सम्वन्ध ति नायकहरुसँग बिग्रिएर पानी वारावारको अवस्थामा पुगेको छ । आर्यन र रेखा विचको सम्वन्ध पनि अहिले त्यस्तै छ । यसरी रेखाले आफ्नो नाम लिन वेवास्ता गरेपछि नायक आर्यन सिग्देलले चिच्चाएरै आफ्नो आक्रोश पोखेका छन् । हेरौ यि दुईको यो वोलचाल विहीन सम्वन्ध कहाँ गएर टुङ्गने हो ?
मिति : २०८१ मंसिर ७, शुक्रवार
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-
आखिर आर्यन किन चिच्चाए ?
विजय आवाज, काठमाण्डौ, 2011/01/16
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’
- ‘सारङ्गी’को सफलता : प्रकाशलाई हर्ष न विस्मात् !