एक साताअघि पोखरामा सुरू भएको पोखरा महोत्सवलाई महानायक राजेश हमालले आईतबार साँझ समापन गरेका छन् ।
स्थानिय एवं नव नायक कुशल थापालाई समेत अविरमालाले अभिनन्दन गर्दै हमालले महोत्सवलाई सफल पार्न सहयोग गरेका केही संघसस्थालाई प्रमाणपत्र वितरण गरी महोत्सवको समापन गरेका थिए । सहयोगी चिरञ्जीवी आचार्यको साथ समारोह समापनमा पुगेका हमालले त्यहाँ आयोजित सास्कृतिक कार्याक्रमलाई पनि पूर्णरूपमा अबलोकन गरेका थिए ।
युनाइटेड क्लब अमरसिंहले आयोजना गरेको सो महोत्सवलाई एकीकृत माओवादीका तीन सभासद र एमालेका एक सभासदले उद्धघाटन गरेका थिए भने समापन हमालले गरेका हुन । चलचित्र र राजनीतिक क्षेत्रका दुवै हस्तीहरूलाई सम्मान दिने हिसावले आयोजना गरिएको उक्त महोत्सवलाई हमालले जिवनकालमै पहिलो पटक यसरी समापन गरेका हुन । तर गएको बर्ष चितवन महोत्सव भने उनले पहिलो पटक उद्धघाटन गरेका थिए । पछिल्लो समय अभिनयको सँगसँगै समाज सेवाको क्षेत्रमा पनि पाईला बढाउदै लगेका हमाल यस्ता कार्याक्रममा निम्ता गरिए सहजै आफ्नो उपस्थिति जनाउने गर्दछन् ।
मिति : २०८१ मंसिर ७, शुक्रवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
महानायकले गरे पोखरा महोत्सवको समापन
फिल्मीखबर, काठमाण्डौ, 2011/01/16
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’
- ‘सारङ्गी’को सफलता : प्रकाशलाई हर्ष न विस्मात् !