मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुमार कान्छाको निधन

फिल्मीखबर, काठमाण्डौ, 2011/01/17

लामो समय देखि स्पाईनल कर्डको समस्याको कारण मुम्बईको रईजा अस्पतालमा उपचार गर्राईरहेको  पार्श्व गायक कुमार कान्छाको  निधन भएको छ ।

 

उनी निकटस्त संगीतकार आलोक श्रीले दिएको जानकारी अनुसार अपरान्ह ३ बजे अस्पतलले उनलाई मृत घोषित गरेको हो । २० बर्ष अघि तुलसी घिमिरे  निर्देशित चलचित्र चिनोको  'बताईसैले उडाई लग्यो माया मेरो....' भन्ने गीतबाट पार्श्व गायन सुरू गरेका कान्छाले करिब १ सय नेपाली चलचित्रमा स्वर दिएका छन् । उनले पछिल्लो समय 'साईनो' नामक एल्बम पनि निकालेका थिए । दुई छोराका पिता कान्छाको एक श्रीमती पनि  मुम्बईमा छिन् ।

 

पिता मनबहादुर शाह जागिरको सिलसिलामा दैलेखबाट कोलकाता पुगेका बेला कुमार २०१४ मंसिर २८ मा जन्मिएका थिए ।  उनले 'लाहुरे' 'कोसेली' जस्ता चलचित्रमा अभिनय पनि गरेका थिए । भारतमा भने उनले २५ भन्दा बढी भाषाका एक हजारभन्दा बढी गीत गाएका छन् । यस्तै उनले 'पीया कर गावँ' नामक चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत राष्ट्रियस्तरको पुरस्कार पनि पाएका थिए ।

 

गायक कान्छाले चलचित्र 'तुलसी' का लागी गाएको गीत अहिले चितवनमा छायाँकन भईरहेको छ । यस दुखद घडीमा स्वर्गीय कान्छा प्रति फिल्मीखबर डटकम परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।