मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुन्य मस्तिस्कमा राज

फिल्मीखबर, काठमाण्डौ, 2011/01/17

पर्खिबसे डेब्यू नायक राजबल्लभ कोइरालाले हाल सम्म बीस वटा चलचित्रमा अभिनय गरिसकेका छन् भने  त्यसको आधा संख्यामा उनीद्धारा चलचित्रहरू प्रदर्शन  भै सकेका छन्  । रिलिज भएका मध्ये पहिलो चलचित्र बाहेक उनको अन्य चलचित्रले खाशै ब्यापार गर्न सकेनन् ।

तर एक चलचित्र 'बशमा छैन यो मन'मा खलपात्र भएर तारिफ योग्य अभिनय गरेका राजले सोही फिल्मबाट उत्कृष्ट खलपात्रको अर्वाड पनि जिते । फुर्सद भए सम्म कहिले ओशो तपोवन  अनि घरमै ध्यान मग्न हुने राजको दिमाग यो समय शून्य स्थानमा पुगेको छ ।  उनको दिमाग कसरी शून्य स्थानमा पुग्यो  त ? दुई अर्थ लाग्ने गरी   उनले  सोमाबार मध्यान्न आफ्नो फेसबुकको भित्तामा लेखेका छन्  ..शुन्य मस्तिस्कमा.. । 

 

निकै विवादित रहेको त्यो शब्दमा राजका असन्तुष्ट र खुशीका भावहरू प्रष्ट देख्न पाईन्छ । असुन्तुष्ट यर्सथमा कि उनीद्धारा अभिनित अधिकाशं चलचित्रको ब्यापार राम्रो नहुनु अनि स्टार काष्ट मह जोडीसँगको साथमा खलेको फिल्म हाँसि देऊ एक फेर  सुपर फल्प हुनुले उनी थप चिन्तामा डुबेको भाव त्यो स्टाटसले प्रष्ट पारिदिएको छ ।

शुन्य मस्तिस्कमा राज  कसरी पुगे त ?  सायद काम, क्रोध. लोभ,मोह, इर्श्या, अहंकार त्यागेर यिनले आफू शुन्य मस्तिस्कमा पुगेको बताएका हुन् वा नेपाली फिल्मको बारेमा बुझ्न नसकि त्यस्तो भाव फेसबुकमा ब्यक्त गरेका हुन्  यो प्रश्न भने उनलाई नै ।

 

उनले ब्यक्त गरेका ती भावहरूमा यो समाचार तयार पारूञ्जेल सम्म नौ ८ जनाले कमेन्ट गरेका थिए । जस मध्ये  एक जनालाई कमेन्ट बक्समै उनले प्रतिक्रिया समेत दिएका छन् । केहीले उनलाई फिल्म प्रति लक्षित गर्दै  चिन्ता नगर्नुस दाई स्वर छदैछ नि तपाईको शून्यता भरिदने साथै सोचे जस्तो हुन्न जीवन चिन्ता नलिनुस भन्दै उनलाई सान्तवना दिने प्रयास पनि गरेका छन् ।

स्वर उनीद्धारा अभिनित हाईबजेटको फिल्म हो । जुन आगामी माघ १४ गते देखि देशब्यापी प्रदर्शनमा आउदैछ ,जहाँ राज मुख्य भूमिकामा छन् र उनी आफै यो फिल्मबाट केही आशावादी पनि छन् । राजको स्टाटसमा आएका  ती कमेन्टहरूलाई आधार मान्ने हो भने उनी यस अघिका आफ्ना फिल्मबाट सन्तुष्ट छैनन् र तनावले भरिएको त्यो मस्तिस्कलाई सोमबार उनले कारणबस खाली गर्न सफल भएका हुन ।  के होला त तनाबले भरिएको  दिमाग खाली गर्ने उपाय ?  कृपया सवैलाई भनिदिने हो कि राज जी ?