मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरज आरडी मादी पुलबाट हाम फाले

कृष्ण न्यौपाने, दमौली , 2011/01/17

नायक सुरज आरडी आइतबार दिउँसो मादी नदीको पुलबाट हाम फाले । उनी लगत्तै सुरेन्द्र पौडेल पनि सोही पुलबाट हाम फाले । उनीहरु हाम फालेको कयौं व्यक्तिहरुले देखिरहेका थिए तर कसैले पनि उनीहरुलाई रोक्न सकेनन् ।

 


आरडी र पौडेल साँच्चैको हाम फालेको नभई जीवन रसाइलीको निर्देशनमा बन्दै गरेको 'माइ लाइफ' चलचित्रको छायाङ्कनका लागि मादी पुलबाट हाम फालेका थिए । विश्वास घलेको निर्माणमा बन्दै गरेको चलचित्रको छायाङ्कनका लागि टोली शनिबार बिहानै दमौली आएको थियो । शनिबार नै मादी पुलबाट हाम फाल्ने दृश्य छायाङ्कन गर्ने भनिए पनि समय अभावका कारण आइतबार मात्रै त्यसको सुटिङ्ग गरिएको थियो ।

 


चलचित्रमा द्वन्द्वको दृश्य नै दमौलीको मादी पुलबाट सुरु भएको निर्देशक रसाइलीले जानकारी दिए । तनहुँ दुलेगौंडा निवासी निर्देशक रसाइलीका अनुसार मादी पुलबाट मनोरम दृश्यहरु देख्न सकिने र पुलबाट हाम फालेको दृश्य चाहिएकोले पनि मादी पुललाई रोजिएको बताए । सुरज आरडीलाई प्रहरी निरीक्षक सुरेन्द्र पौडेलले लखेटिरहेको बेला मादी पुलमा आई द्वन्द्व सुरु हुन्छ । त्यस क्रममा आरडी मादी पुलबाट हाम फाल्छन् । उनीसँगै पौडेल पनि आरडिलाई लखेट्दै त्यहाँबाट हाम फाल्छन् । नदी किनारमा उनीहरुको द्वन्द्व हुन्छ ।

 


चलचित्रको छायाङ्कन गर्न टोलीलाई दिनभरको समय लागेको थियो । त्यसै त व्यस्त रहने मादी पुल त्यसमाथि छायाङ्कनले गर्दा गाडी जाम समेत भएको थियो । जसका कारण छायाङ्कनमा बाधा पुगेको थियो नै यात्रुहरूलाई पनि आफ्नो गन्तव्यमा जान समस्या भएको थियो । चलचित्रमा आरडी र पौडेलका अलवा नायिका झरना थापा, स्नेहा शर्मा, कमल किसन लगायतको अभिनय रहेको छ ।

 

चलचित्रको कुल लगानी ८० लाख रहेको निर्देशक रसाइलीले बताए । उनका अनुसार चलचित्रको अधिकांश दृश्य पोखरा र त्यसपछि स्याङ्जा, तनहुँ, काठमाडौं र मुस्ताङ्गमा रहेको छ । चलचित्र युवाहरुमा केन्द्रित रहेको उनले बताए । अन्य चलचित्र भन्दा यस चलचित्र फरक भएको पनि निर्देशकको दावी छ ।