सायद नायिका अरूणिमा लम्साललाई हतार थियो देखाउन त्यसैले त हात समाती -समाती देखाईन् उनले । निकै हर्षित मुद्रामा सोमबार साँझ चलचित्र चिनोको प्रेस शोमा सहभागी हुन पुगेकी लम्सालले एक जना निर्मातालाई हात समातेरै देखाउन भ्याईन् ।
ति निर्माता थिए सुशिल पोखरेल जसले केही चलचित्र निर्माण गरिसकेका छन् भने उनको नयाँ प्रोजेक्टको चलचित्र निगरानी एक महिनापछी प्रदर्शनमा आउँदैछ । चिसो साँझमा केही चर्चित नायक नायिकाको आगमनले प्रेश शोको माहोल निकै तातेको थियो । उपस्थित अधिकाश चलचित्रकर्मीहरू एक अर्कामा हाई हेल्लो अनि नमस्ते भन्न व्यस्त थिए । यसै भिडमा उपस्थित भएकी नायिका लम्सालले सवैसँग नमस्ते भन्न भ्याईरहेकी थिईन् ।
त्यसपछी उनको अगाडी निर्माता पोखरेल आईपुगे यि दुईले हात पनि मिलाए । सुशिलसँग हातमिलाएपछी अरूणिमाले गोप्य रूपमा उनलाई केही भनिन् त्यसपछी आफू पछि र पोखरेललाई अघि लगाईन् उनले । दुई पाईला अघि हिडिसकेपछी अरूणिमाले पोखरेलको दाहिने हात समाएर १ सय मिटर सम्म अगाडी बढिन् । उनीहरू निकै मस्किदै कुमारी सिनेमा घरको गाडी पार्किङ्ग तर्फ अगाडी बढिरहेका थिए । निकै हर्षित मुद्रामा पार्किङ तर्फ गई रहेका यि दुईको पाईला एउटा नयाँ गाडी अगाडी गएर रोकियो । त्यो गाडीलाई देखाउदै लम्सालले सुशिलाई केही भनिरहेकी थिईन् ।
ब्यूटी नायिका लम्सालले त्यसरी हात समाएरै कुनामा लगिसकेपछी सुशिल पनि निकै मख्ख थिए र अरूणिमाको बोलीमा हो मा हो मिलाईरहेका थिए । त्यो गाडीको मुख नेर उभिएर यि दुईले करिब तिन मिनेट सम्म गफ पनि गरे । त्यसपछी यि दुई फेरी पनि हात समाएरै सिनेमा हल तर्फ फर्किएका थिए ।
आखिर एउटा कुनामा त्यसमाथि पनि पार्किङ्ग गरेको ठाँउमा गएरै गोप्य कुरा गर्नुको पछाडी के राज थियो त ? नायिका लम्साल र पोखरेलको चर्तिकला नियाली रहेको फिल्मीखबरले यि दुईलाई प्रश्न गर्यो । अनि निर्माता पोखरेलले उत्तर दिए 'अरूणिमाले नयाँ गाडी किनेकी रहेछिन् त्यसैले हेर्न आएको ।'
त्यसरी पोखरेलको हात समाई-समाई त्यहाँ सम्म जानुको अर्थ अरूणिमाले आफ्नो नयाँ गाडी देखाउनु रहेछ । यस अघि सेन्ट्रो अनि स्वीफ्ट चढ्ने अरूणिमालाई एक महिना अघि उनका पतिले अमेरिकन कम्पनीको सेब्रोलेट गाडी उपहार दिएका रहेछन् । जस अनुरूप अरूणिमाले निर्माता पोखरेलको हात समाएरै सोमबार आफ्नो नयाँ गाडी उनलाई देखाएकी रहेछिन् ।