शोभित बस्नेत निर्देशित चलचित्र चिनोमा तेस्रो लिङ्गी काजल म्याडमको भूमिकामा अभिनय गरेका द्धन्द निर्देशक तथा सो चलचित्रका मुख्य कलाकार राजेन्द्र खड्गीको अभिनयको प्रभाव तेस्रो लिङ्गीहरूको संस्था ब्लु डायमन्ड सोसाईटीमा परेको छ ।
आफूहरूलाई लक्षित गर्दै निर्माण गरिएको कथाको चौतर्फी बयान भएपछी सो संस्थामा आबद्ध ३४ जना तेस्रो लिङ्गीहरूले मंगलबार चासोको साथ कुमारी हलमा चिनो हेरेका थिए । डायमन्डसँग सम्बन्धीत मुख्य व्यक्ति उमेश श्रेष्ठको नेतृत्वमा लाजिम्पाट, बालुवाटार तथा सानेपाको शाखाबाट एकसाथ जम्मा भएका तेस्रो लिङ्गीहरूले फिल्ममा आफूजस्तै भएर अभिनय गरेका कलाकार राजेन्द्र खड्गीसँग तस्बिर समेत खिचेका थिए । राजेन्द्र चिनोको मुख्य खलपात्र हुन् । जसले करिब तीन दशक चलचित्र पेशाको यात्रामा पहिलो पटक तेस्रो लिङ्गी भएर अभिनय गरेका छन् ।
यस्तै तेस्रो लिङ्गी मध्येकी एक निलम पौडेल (अपेक्षा) ले अधिकाशं नेपाली फिल्म हेर्न नछुटाएको बताउदै मंगलबारको चिनो हेराई नेपाली फिल्म हेर्ने आफ्नो पूरानो निरन्तरताको भएको बताईन् । यस्तै उनले चलचित्रमा खड्गीले आफ्नो जस्तो क्यारेक्टर बोकेकाले पनि फिल्म हेर्न धेरै इच्छा भएको बताउदै फिल्म हेर्न संयूक्त प्लान बनाएर यसरी आएको बताईन् । जस अनुरूप २ घण्टा १० मिनेटको उक्त चलचित्रलाई उनी र उनका साथीहरूले पूरै हेरेका थिए । ३४ मध्ये २२ जना आफैले टिकट काटेर फिल्म हेरेका थिए भने बाकीलाई शोभितले सित्तैमा हेर्ने मौका मिलाई दिएका थिए ।
सो चलचित्रकी मुख्य नायिका रेजिना उप्रेतीको साथ फिल्म हेर्ने इच्छा बोकेका तेस्रो लिङ्गीहरूले रेजिनाको व्यस्ताको कारण उनीसँगै फिल्म भने हेर्न पाएनन् ।
मिति : २०८१ मंसिर ७, शुक्रवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
काजल म्याडमको प्रभाव ब्लु डायमन्डमा
फिल्मीखबर, काठमाण्डौ, 2011/01/18
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’
- ‘सारङ्गी’को सफलता : प्रकाशलाई हर्ष न विस्मात् !