मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्थिक सहयोगमा 'वेष्ट अफ कुमार कान्छा'

फिल्मीखबर, काठमाण्डौ, 2011/01/19

स्पाईनल कर्डको समस्यबाट विरामी भई दुई दिन अघि निधन भएका पार्श्व गायक कुमार कान्छाले गाएका १२ वटा उत्कृष्ट गीतहरूको संगालो एल्बम 'बेष्ट आफ कुमार कान्छा २०६७' लाई सार्वजनिक गरिएको छ ।

उपचारको क्रममा घर सम्पती सवै सकिएर पनि जिवन बचाउन नसकेका उनका परिवारलाई आर्थिक सहयोग गर्ने हेतुले चार जना संगीतकर्मी दीप श्रेष्ठ, दीप तुलाधर, सुनिल मास्के र राजु बाबु श्रेष्ठले उक्त एल्बमको बुधबार संयूक्त विमोचन गरेका हुन । उक्त एल्बमको विक्रि वितरणबाट उठेको सम्पूर्ण रकम कुमार कान्छा स्वास्थ्य उपचार सहयोग समिति अर्न्तगत कान्छाको परिवालाई हस्तान्तरण गरिने उनीहरूको भनाई छ । दिईएको जानकारी अनुसार उपचारमा पैसा नपुगेपछी कान्छाको परिवार बस्दै आएको फ्ल्याट समेत बन्धकीमा राखिएको छ । जस अनुरूप सो बन्धकी फुकाउन एल्बमबाट उठेको केही रकमले परिवारलाई राहत पुग्ने बताईएको छ ।

यस्तै दश दिन तयार गरिएको सो एल्बमलाई कान्छाको  निधन पूर्व १ हजारको दरले विक्रि गरिएको थियो जसबाट १ लाख ३१ हजार रूपैया संकलन भैसकेको छ  । यस्तै  कान्छाको निधन पश्चात सो एल्बमको मूल्य एक हजार राख्न नसकिने भन्दै सामन्य मूल्यमा बेच्ने गरी बजारमा पर्ठाईएको उनीहरूको भनाई थियो । एल्मबमा समेटिएका १२ गीतमा सचिन सिहं,  सुनिल मास्के, अनिल शाही, रि-मिक्स लगायतको संगीत समेटिएको छ । 

यस्तै करिब १ सय नेपाली चलचित्रमा स्वर दिईसकेका कान्छाद्धारा गाईएका फिल्मी गीत भने सो एल्मबमा समावेश गरिएको छैन ।