मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जर्मनी शहरमा 'काठमाण्डू' प्रदर्शन

फिल्मीखबर, काठमाण्डौ, 2011/01/19

बेन नबिन अधिकारीसँग मिलेर आकाश अधिकारीले निर्माण एवं निर्देशन गरेको चलचित्र  'काठमाण्डू' को युरोपको जर्मनी शहरमा एक भब्य समरोहका बिच पहिलो प्रदर्शनी गरिएको छ ।

 

चलचित्रका निर्देशक तथा नायक आकाश अधिकारी र सोही चलचित्रकी नायिका प्राप्ती घिमिरेको उपस्थितीमा जनवरी १७ तारिख शुक्रबारका दिन सो चलचित्रको जर्मनीको UNION Kinos im Forum, Hans-bo"ckler-platz10, 45468Mu"lheim/Ruhr मा प्रदर्शन भएको हो । एनआरएन सदस्य पञ्चरत्न घिमिरे र बिजय मोक्तानको सक्रियतामा चलचित्र 'काठमाण्डू' प्रदर्शन गरिएको हो । चलचित्र काठमाण्डू बेल्जियममा पनि ३ शो गरिने चलचित्रकी नायिका प्राप्ती घिमिरेका पिता समेत रहेका एनआरएन सदस्य घिमिरेले फिल्मीखबरलाई जानकारी दिए ।

 

बेल्जियम पछि चलचित्र 'काठमाण्डू' स्पेनमा प्रदर्शन हुनेछ । जनवरी २८ र २९ तारिखको दिन स्पेनको बार्सिलोनामा चलचित्र प्रदर्शन गरेर आकाश अमेरिका प्रस्थान गर्नेछन् । यता अमेरिकाको न्यूयोर्क शहरको ज्याक्सन हाईट सिनेमा घरमा भने चलचित्र काठमाण्डू फेब्रुअरी ४ तरिखबाट ३ सातासम्म दैनिक ३ शो हुने पक्कापक्की भएको छ । अमेरिका पछि आफ्नो चलचित्रलाई क्यानडामा प्रदर्शन गरेर आकाश नेपाल फर्कने छन् । यो चलचित्र नेपालमा नयाँ बर्षको अवसर पारेर मार्च ३ तारिखमा प्रदर्शन हुने भएको छ । नेपालमा प्रदर्शन गरेर आकाश पुन: बिदेशका अन्य शहरमा प्रदर्शन गर्न जानेछन् ।

 

चलचित्र सुरु हुनु भन्दा पहिले आकाश अधिकारीको पहलमा नेपालको नवलपरासी जिल्लामा स्थापना हुन लागेको शहिद स्‍मृति सामुदायिक अस्पतालको वृत्तचित्र देखाईएको थियो । चलचित्र 'काठमाण्डू' को प्रदर्शनबाट उठेको केही रकम सो अस्पतालको निर्माणका लागी खर्च गरिने आकाशले जानकारी गराएका थिए ।
 

काठमाण्डौको जीवनशैलीलाई अमेरीकासँग दाँजिएको यो चलचित्रमा आकाश अधिकारी, रिया मार्फी, प्राप्ती घिमिरे, रेश मरहठ्ठा, गौरी मल्ल, संयुक्ता राणा, नबिन अधिकारी, ममता प्रधान, सुनिल दत्त, अर्जुन श्रेष्ठलगायतले अभिनय गरेका छन् । स्काई मुभिजको ब्यानरमा निर्माण गरिएको सो चलचित्रलाई नेपालमा पहिलो पटक रेड क्यामेराले खिचेको हो । चलचित्रका गीतमा भारतिय चर्चित गायक गायिकाले स्वर दिएका छन् ।

 

चलचित्र काठमाण्डू निम्न स्थानहरूमा प्रदर्शन हुँदैछ।

GERMANY / HAMBURG
Place : Amandastr.58
          Sternschanze Hamburg
Date / Time: 22/01/2011 First show on 19:uhr and Last show on 23:00 uhr
Contact :
Bipin Sherestha  : 017655029703, Tej Kumar Rai: 015226874632


BELGIUM : till now date is not fix


SPAIN/ BARCELONA
Contact: Arjun Kafle: 666982512
Date/ Time : 30.01.2011 First show 15 :00 uhr / 31.01.2011
                   Place:- Cinema malda ----c / pi 5 Metro 3 liceu


Comming soon in USA / CANADA after 4th . Feb. in NEW YORK