मिजासिलो मानिस कहिले काही क्रुर बनिदिदा उसले नसोचेको दुःख भोग्नु पर्छ । अझ सेलिब्रेटी पर्यो भने त त्यो जतिको ठूलो अपमान सायद अरू केही हुँदैन होला । गत मंगलबार त्रिभुवन अर्न्तराष्ट्रिय विमान स्थलमा नायिका निरूता सिहंले आफ्नो सानो क्रुरताले पाउनु सम्मको दुःख पाईन् ।
नाम नबताउने सर्तमा एक स्रोतले दिएको जानकारी अनुसार मंगलबार बिहान साढे ११ बजे मुम्बई प्रस्थान गर्न लाग्दा निरूताको लगेजलाई चेकिङमा खटिएका सुरक्षाकर्मीले जाँच गर्न घण्टौ लगाउनु पर्यो र उनीहरूबीच सोही कारणले निकै ठूलो झगडा परेको थियो । यस्तै स्रोत भन्छ 'निरूताको हाते व्यागबाट अत्याधिक व्यक्तिगत खुजुरा सामान भेटिएपछी सुरक्षाकर्मीलाई चेक गर्न थप समय लागेको थियो जसकारण निरूताले लामो समयसम्मको सो चेकिङ सहन नसकी सुरक्षाकर्मीलाई गाली गर्न थालिन् अनि निरूता र सुरक्षाकर्मी बीच ठूलै गरी विवाद बढ्यो ।'
हरेक सामानलाई चेक जाँच गर्नु आफ्नो कर्तब्य ठान्दै सुरक्षाकर्मीले निरूताको ब्यबहारलाई केही बेर सहेको थियो तर प्रत्येक मिनेटमा निरूताले किचकिच गरेपछी एक जना सुरक्षा कर्मीले अब तपाईको जुत्ता समेत चेक गर्ने भन्दै अपमानजनक हिसावले उनको जुत्ता खोल्न लगाएको स्रोत भन्छ । त्यसपछी निरूता नर्भस हुँदै मुम्बई तर्फ प्रस्थान गरेको स्रोतले बताएको छ ।
मिति : २०८१ मंसिर ८, शनिवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
विमान स्थलमा निरूतालाई जुत्ता खोल्न लगाईयो
फिल्मीखबर, काठमाण्डौ, 2011/01/20
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’
- ‘सारङ्गी’को सफलता : प्रकाशलाई हर्ष न विस्मात् !