मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निहालानी, शास्त्री र विनलाई भब्य स्वागत

फिल्मीखबर, काठमाण्डौ, 2011/01/20

चितवनको मेघौलीमा भोली उद्धघाटन हुने 'अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०११' मा सहभागी हुन कोरिया र भारतबाट आएका तीन चलचित्रकर्मीलाई चलचित्र निर्देशक समाजले भब्य स्वागत गरेको छ ।

 


निर्देशक समाजको निमन्त्रणमा नेपाल आएका भारतीय निर्देशकद्धय गोबिन्द निहालानी, केएनटी  शास्त्री र कोरियाली निर्देशक किम डोङ विनको उपस्थितिमा बिहिबार साँझ समाजले पत्रकार सम्मेलन सहित  मनाङ होटल ठमेलमा उनीहरुलाई भब्य रात्री भोज सहित स्वागत गरेको  हो । विभिन्न चलचित्र निर्देशन गरिसकेका निहालानी तथा चलचित्र लेखक साथै बृत्तचित्र निर्देशक शास्त्रीले भाईचाराको हिसावमा समाजको आग्रह बमोजिम कार्यशालामा  सहभागीता जानाउन नेपाल आएको बताए ।

 

यस्तै कोरियाली निर्देशक विनले नेपालका निर्देशकहरुले कसरी फिल्म बनाउछन् भन्ने बारेमा चासो साथ बुझ्ने हिसावले  कार्यशालामा आफ्नो सहभागीता उत्सुकताको साथ रहने  बताए । स्वागत कार्यक्रममा समाजले तीनै जनालाई ढाका टोपी लगाएर मानार्थ समाजको आजीवन सदस्यताको प्रमाण पत्र समेत प्रदान गरेको छ ।


औपचारिक रुपमा कार्यशालाको नियमित कार्यक्रम पर्सि शनिबारबाट सुरु हुने भए पनि भोली शुक्रबार अपरान्ह उक्त कार्यशालालाई विधिवत उद्धघाटन गरिनेछ । जसलाई बरिष्ठ चलचित्रकर्मी यादव खरेल, नीर शाह र चलचित्र बिकास बोर्डका अध्यक्ष अमरराज गिरीले संयूक्त उद्धघाटन गर्दैछन् । यस्तै उद्धघाटनकै दिन निर्देशक निहालानीद्धारा निर्देशित चलचित्र 'अर्धसत्य' लाई उपस्थित चलचित्रकर्मीहरु माझ देखाउने कार्यक्रम पनि छ ।

 

आगामी  बुधबारसम्म  चल्ने सो कार्यशालाको दोस्रो दिन  अर्थात शनिबार  पहिलो सेसन अन्तर्गत गोबिन्द निहालानीले चलचित्रको निर्माण प्रक्रियामा आवश्यक पर्ने हरेक तत्वको बारेमा  आफ्नो अनुभव बताउने छन् ।  यस्तै सोही दिन निर्देशक शास्त्रीको बृत्तचित्र 'कमली' र विनको चलचित्र 'रेड आई' लाई स्क्रिनीङ गरिने छ ।

 

६ दिने सो कार्यशालामा नेपालका विभिन्न पूराना चलचित्रहरु प्रेमपिण्ड, बासुदेब, कुमारी, बसाई र सिमारेखालाई चितवनका दर्शकमाझ समेत देखाइने छ ।  निर्देशकहरुको  क्षमता बृद्धि गर्ने हिसावले पहिलो पटक आयोजना हुन लागेको उक्त अन्तर्राष्ट्रिय कार्यशालाको लागि २३ लाख बजेट छुट्याईएको समाजले जानाएको छ ।