मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एसएमएस अभियान बन्द

फिल्मीखबर, काठमाण्डौ, 2011/01/20

पार्श्व गायक कुमार कान्छाको उपचारको लागि आर्थिक रकम संकलन गर्ने हेतुले  गएको कात्तिक तेह्र गतेदेखि सञ्चालनमा ल्याईएको एसएमएस अभियान बिहिबारबाट बन्द गरिएको छ ।


उपाचरकै क्रममा गएको सोमबार ५३ बर्षको उमेरमा बुम्बईको रहेजा अस्पतालमा देह त्याग गरेका कान्छाको सहयोगका लागि सञ्चालनमा ल्याईएको उक्त अभियानबाट संकलन भएको १ लाख १९ हजार ६ सय ७ रुपैयाको चेकलाई निर्देशक दीपक खाँड र स्प्यारो एसएमएस डटकमका सञ्चालक अमित अग्रवालले कुमार कान्छा  स्वास्थ्य उपचार सहयोग समितिका संयोजकलाई बिहिबार पत्रकार सम्मेलन मार्फत हस्तानतरण गरेका हुन ।

 

एसएमएस अभियानबाट रकम संकलन गर्ने योजना  निर्देशक खाँड र अग्रवालले ल्याएका थिए । यस्तै आजैबाट पन्ध्र सदस्य कुमार कान्छा स्वास्थ्य उपाचार सहयोग समितिलाई पनि विघटन गरिएको संयोजक मध्येका एक जनक दीप पराजुलीले पत्रकार सम्मेलनमा  जानकारी दिए ।  सो अभियान मार्फत ३ लाख ५० हजार १ सय ७ रुपैया संकलन भएको थियो  । यस्तै पत्रकार सम्मेलनमै डिजे तेन्जिङ र छिरिङ शेर्पाले ५० हजार ५ सय २५ रुपैया सो समितिलाई हस्तानतरण गरेका थिए ।

 

कान्छाको उपचारमा थप आर्थिक रकम उठाउने हिसावले खोलिएको नेपाल इन्भेष्टमेन्ट बैंकको खातालाई भने आगामी माघ १५ गते सम्म सञ्चालनमा ल्याईने कार्यक्रममा जानकारी दिईएको छ । यि सबै माध्यबाट उठेको सम्पूर्ण रकम स्वर्गीय कान्छाको परिवारलाई केही दिनमै हस्तानतरण गरिने बताईएको छ । यस्तै कान्छाको परिवारलाई माथिका आर्थिक तथ्याङ्क सहित विभिन्न संघसस्था तथा व्यक्तिहरुले दिएको कुल गरी   १० लाख भन्दा बढी रकम हाल सम्म संकलन गरिएको देखिन आएको छ ।