आजबाट अचानक काठमाण्डौ उपत्यकाको दर्जन बढी र हेटौडाको एउटा सिनेमा भवनमा रिलिज गरिएको चलचित्र गंगाजलको प्रदर्शनको बारेमा स्वयम सो चलचित्रका निर्देशकलाई जानकारी नदिईएको खुल्न आएको छ ।
निर्माता सुनिल ढकाल र निर्देशक प्रमोद भण्डारी बीच सामान्य मनमुटाव उत्पन्न भएपछी रिलिजको अघिल्लो दिन मात्र भण्डारीले सो जानकारी बाहिरबाट पाएका थिए । उता निर्माता ढकालले भने फिल्म रिलिजको जानकारी धेरै समय अघि देखि नै निर्देशकलाई थाहा दिएको दाबी गरेका छन् । तर निर्देशक भण्डारी भने सो कुरालाई मान्न तयार छैनन् । यस्तै सो चलचित्रका कलाकारहरू बिराज भट्ट, रेखा थापा तथा सोभिता सिंखडालाई पनि फिल्म रिलिज बारे सामान्य जानकारी समेत नदिईएको बुझिएको छ । तर यो कुरालाई भने निर्माता ढकाल आफै स्वीकार्छन् । उनी भन्छन्, 'कलाकारको व्यस्तता होला भनेर खबर गरिन ।'
यो साता क्यूबाट शासन प्रदर्शनमा आउने पालो भएपनि प्रिन्ट तयार नभएकाले शासनको ठाँउमा एक साताको लागि गंगाजल अचानक लगाईएको हो । गएको सातादेखि प्रदर्शनमा आएका चलचित्र 'न बिर्सें तिमीलाई न पाएँ तिमीलाई' र 'चिनो' को ब्यापार दोस्रो सातामा खस्किने संकेत पाएपछी हल सञ्चालहरूले नयाँ फिल्मको माग गरेका थिए जस अनुरूप निर्माता संघको स्वीकृतिमा गंगाजल एकाएक प्रदर्शनमा आएको हो ।
मिति : २०८१ मंसिर ८, शनिवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
निर्देशकलाई थाहा छैन फिल्म रिलिज भएको
फिल्मीखबर, काठमाण्डौ, 2011/01/21
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’
- ‘सारङ्गी’को सफलता : प्रकाशलाई हर्ष न विस्मात् !